जति ठूलो महामारी वा विपत्ति भएपनि नेपालको संविधान अनुसार जेठ १५ गते मुलुकको बजेट जारी हुनैपर्छ। त्यसपछि असार १ गते प्रदेश सरकारहरूको बजेट जारी हुन्छ भने असार १० गतेभित्र स्थानीय सरकारले पनि आफ्नो वार्षिक बजेट जारी गर्नुपर्छ।आगामी आर्थिक वर्ष २०७८/७९को बजेटका लागि संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेललाई विभिन्न क्षेत्रबाट रचनात्मक सुझावहरू प्राप्त भैरहेका छन्। हरेक बजेटअघि सुझाव लिनु र दिनु औपचारिकता जस्तै भएको छ।तर, बजेटको पुरानै ढर्रा र बजेट आएपछि उही आलोचना चलिरहन्छ। तर, अब त्यस्तो हुनु