लुम्बिनी प्रदेश सरकार स्थापनादेखिका हरेक नीति कार्यक्रम र बजेटमा विद्युतीय बस सञ्चालनलाई मुख्य प्राथमिकतामा राखिएको छ । पेट्रोलियम पदार्थमा बाहिरिने रकम कम गर्न र प्रदूषण घटाउन प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्ने भनेको हो । तर, कागजमा पटक–पटक कुरा गरिए पनि सडकमा भने विद्युतीय बस गुडेका छैनन् ।