काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित आइप्लेक्स मल अगाडि मापदण्ड मिचेर ब्यापारिक प्रयोजनको टहरा निर्माण हुँदैछ । सो टहरा रत्नकेशरी कनौडियाले बनाउन लागेका हुन् । ३ रोपनी जग्गा रहेको सो ठाउँमा पहिलेदेखि नै पसलहरु सञ्चालनमा थियो । अहिले सो पसल भत्काएर नयाँ टहरा निर्माण गर्न थालिएको छ । टहरा निर्माण गर्न नगरपालिकाबाट नक्सा पास गर्नुपर्छ । तर, कनौडियाले नक्सा पास गराएका छैनन् ।नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतर्फ जाने मुख्य सडक ८ मिटरको छ । जग्गाको दायाँतिर ८ फिटको गल्ली छ । सो गल्लीको नाम हो