कोरोनाभाइरस (कोभिड १९)विरुद्धको बुस्टर डोज खोप ललितपुर महानगरपालिकाभित्र ८ स्थानमा लगाइने भएको छ ।
ललितपुर महानगरपालिकाले मंगलवार सूचना जारी गर्दै अग्रपंक्तिमा खटिनेहरूलाई माघ ४ देखि ६ गतेसम्म बुस्टर डोज खोप लगाइने जनाएको हो ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स/शवबाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, विमानस्थलमा कार्यरत कर्मचारी, पत्रकार, सार्वजनिक क्षेत्र आदिलाई कोरोनाको बुस्टर डोज खोप लगाइने सूचनामा उल्लेख छ ।
ललितपुरभित्र सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सीटी अस्पताल पुल्चोक, अल्...