कोरोनाभाइरस (कोभिड १९)विरुद्धको बुस्टर डोज खोप ललितपुर जिल्लाका सबै स्थानीय तहबाट लगाइँदैछ ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले मंगलवार सूचना जारी गर्दै अग्रपंक्तिमा खटिनेहरू दीर्घ रोगीलाई माघ ४ देखि ६ गतेसम्म बुस्टर डोज खोप लगाइने जनाएको हो ।
स्वास्थ्यकर्मी, सुरक्षाककर्मी, सफाइकर्मी, एम्बुलेन्स/शवबाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, विमानस्थलमा कार्यरत कर्मचारी, पत्रकार, सार्वजनिक क्षेत्र आदिलाई कोरोनाको बुस्टर डोज खोप लगाइने सूचनामा उल्लेख छ ।
ललितपुरभित्र सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सी...