ललितपुर महानगरपालिकाले भोलिदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने

ललितपुर – ललितपुर महानगरपालिकाले भोलिदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने जनाएको छ । महानगरपालिकाले सूचना जारी गर्दै  ८ वटा अस्पतालबाट बुस्टर डोज खोप दिने जानकारी दिएको हो ।  माघ ६ गतेसम्म सञ्चालन हुने बुस्टर डोज खोप अभियानमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव–वाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।  यस्तै सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घसंस्था, ब...