सरकारले विभिन्न व्यक्तिले ओगटेको नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्ने तयारी थालेसँगै स्थानीयले आन्दोलन थालेका छन ।
उनीहरूले सत्य तथ्य नबुझी व्यक्तिको जग्गा वागेश्वरी मन्दिरको नाममा फिर्ता गर्न सरकारले तयारी थालेको भन्दै बिहीबार नेपालगन्जमा प्रदर्शन गरेका हुन । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको टोलीले वागेश्वरी मन्दिरको कारमोहनासहित नेपालगन्ज उपमहानगरभित्र पर्ने जग्गा मन्दिरका पुजारी र महन्तले आफ्ना नाममा दर्ता गराउने, बेचबिखन गरेको ठहर गर्दै मन्दिरको जग्गा फिर्ता गर्नुपर्ने रायसहित हालै सरकारलाई प्रतिवेदन बुझाएको छ ।