परवानीपुरका घरबारविहीनहरुले वीरगंजमा गरे प्रदर्शन

वीरगंज : वीरगंजका मेयर विजयकुमार सरावगी र वडा नम्बर २१ लिपनीविर्ताका वडा अध्यक्ष हबिब मियाँको विरुद्धमा आइतवार वीरगंजमा प्रदर्शन गरिएको छ। वडा नम्बर २१ परवानीपुर श्रीसिया खोला (वीरगंज खाद्य उद्योग अगाडि) बसोबास गर्दै आएका दलित विपन्न परिवारहरुले उक्त विरोध प्रदर्शन गरेका हुन्। वीरगंज महानगरले रेल-वेको लागि जग्गा खाली गराएपछि करिब…

सम्बन्धित सामग्री

मिटरब्याज पीडितहरुले काठमाडौंमा गरे प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ११ फागुन । विभिन्न जिल्लाबाट काठमाडौंमा भेला भएका मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका छन् । उनीहरु न्याय माग्न पैदलै हिँडेर बुधबार काठमाडौं आइपुगेका हुन् । आज (शुक्रबार) उनीहरुले काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरेका थिए । रत्नपार्कबाट भृकुटीमण्डतर्फ आइरहेको बेला प्रहरीले रोकेको छ । उनीहरुले ‘किसानको भूमि फिर्ता गर, पीडितहरु एक हौँ, काठमाडौं पैदल यात्रा सफल पारौँ, […]

राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरे

काठमाडौं । असन्तुष्ट राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघ र सरकारबीच गत शुक्रबार भएको सहमतिमा असन्तुष्टी जनाउँदै राहत शिक्षकले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा भेला भएका राहत शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिमा आबद्ध शिक्षकहरूले प्रदर्शन गरेका हुन् । उनीहरुले शनिबार […]

‘मैले अपेक्षा गरेको भन्दा राम्रो प्रदर्शन गरे’- सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेले ग्लोबल टि२० क्यानडामा आफूले अपेक्षा गरे भन्दा धेरै राम्रो प्रदर्शन गरेको बताएका छन् । ग्लोबल खेलेर स्वदेश फर्किएका सन्दीपले आफ्नो प्रदर्शन, दीपेन्द्रसँग खेल्दै आउट गर्दा क्षण, एसिया भारत र पाकिस्तानविरुद्ध खेल्ने लगायत विभिन्न कुरामा आफ्नो भनाई ब्यक्त गरेका छन् । सन्दीपले सर्रे जागुअर्सबाट खेल्दै […] The post ‘मैले अपेक्षा गरेको भन्दा राम्रो प्रदर्शन गरे’- सन्दीप first appeared on हाम्रो खेलकुद.

दृष्टिविहीनले गरे काठमाडौं महानगर कार्यालय बाहिर प्रदर्शन

काठमाडौं। निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न निर्देशन दिएकोे छ।दृष्टिविहीनले गरे काठमाडौं महानगर कार्यालयको बाहिर प्रदर्शन गरेका छन।जनकपुरमा एक सहकारीको एम्बुलेन्सबाट पटाका नियन्त्रणमा लिइएको छ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन प्रधानमन्त्री शेरशहादुर देउवाले गर्दै छन्।मानवशास्त्री ओम गुरुङको स्वयम्भूमा आज अन्त्येष्टि गरिँदै छ।

विद्यार्थीले प्रदर्शन गरे इन्द्रजात्रा

धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरूले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् ।शुक्रबार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर बृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरूले इन्द्रजात्रा प्रदर्शन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुति देखाएका थिए ।विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरूले नेपाली संस्कृतिलाई थप बढावा दिने विद्यालयले विश्वास लिएको […]

जर्मनीमा देशभर दशौं हजारले गरे विरोध प्रदर्शन, यस्तो छ कारण !

दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले शनिबार जर्मनीभर जुलुस निकालेका छन् । सार्वजनिक प्रसारक एआरडीका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा करिब ८,५०० मानिस सडकमा उत्रिएका थिए। तिनीहरूमध्ये लगभग ६,००० ले सार्वजनिक र निजी जीवनमा प्रतिबन्धको विरोध गरे जबकि २,५०० ले प्रतिद्वन्द्वी प्रदर्शन गरे। त्यसैगरी थप ३,००० प्रदर्शनकारीहरूले कोभिड-१९ असन्तुष्टहरूको आलोचना गर्दै उत्तरी बन्दरगाह शहर […]

नागरिकता माग गर्दै जन्मसिद्धका सन्ततिले गरे प्रदर्शन

पर्सा : जन्मसिद्ध नागरिकता लिएका नेपाली बाबुआमाका सन्ततिले नागरिकता पाउनुपर्ने माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका छन्। गठबन्धन सरकारले समेत जन्मसिद्धका सन्ततिलाई बेवास्ता गरेको भन्दै बुधबार दिउँसो उनीहरूले वीरगन्जमा प्रदर्शन गरेका हुन्।वंशजको नागरिकता पाउनु माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले सरकार विरोधी प्लेकार्ड सहित वीरगन्जको घण्टाघरबाट प्रदर्शन सुरु गरी वीरगन्ज नगर परिक्रमा गरे।जन्मसिद्ध नागरिकता पाइसकेका आमाबुवाका सन्ततिलाई ६/७ वर्षदेखि सरकारले अलमल्याएको उनीहरूको आरोप छ। झन् पछिल

अफगानिस्तानका सरकारी कर्मचारीले तलब माग गर्दै एक बैङ्क बाहिर गरे प्रदर्शन

काठमाडौँ। अफगानिस्तानका सरकारी कर्मचारीहरुले आफूले काम गरे बापतको तलब माग गर्दै काबुलको एक बैङ्क बाहिर प्रदर्शन गरेका छन् । सयौँको सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरुले अपदस्थ राष्ट्रपति असरफ घानी विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । सरकारले विगत ६ महिनादेखि तलब भुक्तान नगरेको भन्दै उनीहरुले ३ देखि ४६ महिनाको तलब भुक्तानी गर्न माग गरेका हुन् । […]

विद्यार्थी संगठनहरुले गरे संयुक्त सडक प्रदर्शन

काठमाडौं। विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संसद पुनर्स्थापना र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्तामा माग गर्दै प्रदर्शन गरेका छन्। बिहीबार विपक्षी गठबन्धनका भातृ विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संगठन, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षधर अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले प्रदर्शन गरेका हुन्। उनीहरुले प्रतिनिधिसभा पुनः स्थापनाको मागसमेत गरे। माग पुरा नहुञ्जेलसम्म आन्दोलनका अन्य कार्यक्रमहरु पनि घोषणा गर्ने संगठनहरुले जनाएका छन्।

प्रतिगमनविरुद्ध स्रष्टाहरूले गरे हातमा साङ्लो बाँधेर प्रदर्शन

स्रष्टाहरूले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका हुन्