काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले व्यवसायी अरुण चौधरीको स्वामित्वमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा राष्ट्रियकरण गर्न माग गरेको छ। शुक्रबार बाँसबारी पुगेर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। साथै उक्त जग्गामा बनेको चाँदबाग स्कुल पनि राष्ट्रियकरण गर्न उनीहरुले माग गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चौधरीलाई माघ १८ गते […]