विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले आग्रह गर्नुभएको छ ।
कोभिड–१९ को महामारीले रोजगारी गुमेकादेखि विभिन्न प्रयोजनले विदेश गएका तर आन्तरिक बन्दाबन्दी तथा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अलपत्र परेका श्रम गन्तव्य मुलुकदेखि विभिन्न देशमा रहेका नेपाली घर फर्कने प्रतिक्षामा छन् । नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई नेपाल फर्काउन शुरु गरिसकेको छ । म्यानमार, संयुक्त अरब इमिरेट्स र कुवेतबाट पहिलो चरणमा नेपाली फर्किसकेका छन् ।