काठमाडौं : वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (यूएई)को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ। नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र थिए। आफू कार्यरत कम्पनी कोभिड–१९ का कारण बन्द भएपछि उनी दुबईमा अलपत्र परेका हुन्। आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा समितिको सहयोगमा विकको उद्धार गरिएको हो। आर्थिक अवस्था कमजोर भएका कारण उनलाई घर फर्काउन सहयोग संकलन अभि