साउदीमा अलपत्र जुम्लाका नौजनाको उद्धार

साउदीमा अलपत्र जुम्लाका नौजनाको उद्धार गरिएको छ। वैदेशीक रोजगारीका लागि साउदी पुगेका जुम्ला गुठिचौर गाउँपालिका–१ का नौजना अलपत्र परेका थिए। एक महिनापछि उनीहरुलाई उद्धार गरी आइतबार नेपाल फर्काइएको हो। गुठीचौर गाउँपालिका–१...

सम्बन्धित सामग्री

साउदीमा अलपत्र श्रमिकको उद्धार

साउदीमा अलपत्र जुम्लाका ९ जना कामदारको उद्धार गरिएको छ । वैदेशिक रोजगारीका लागि साउदीमा पुगेको जुम्ला गुठीचौर गाउँपालिकाका–१ का ९ जना कामदार अलपत्र परेका थिए । महिना दिनदेखि उद्धारका लागि गुहार गरिरहेका ९ जना जुम्ली कामदारको उद्धार गरी आइतबार नेपाल फर्किंदैछन् ।गुठीचौर गाउँपालिका–१ वडाध्यक्ष अर्जुनकुमार महतारा, राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही र राप्रपाका युवा नेता […]

साउदी अरबमा अलपत्र जुम्लाका ९ युवकको उद्धार

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका जुम्ला गुठीचौर गाउँपालिकाका ९ युवकहरूको उद्धार गरिएको छ । गुठीचौर गाउँपालिका १ का ९ जनाको उद्धार गरिएको हो ।

सिमामा अलपत्र ४४६ नेपाली मजदुरको उद्दार

जारी लकडाउनका कारण सीमा नाका बन्द हुँदा अलपत्र साढे ४ सय नेपाली मजदुरको उद्धार गरिएको छ । भारतमा मजदुरी गरेर फर्किंदै गरेका कर्णालीका २ सय सहित अन्य प्रदेशका गरी भारतको नानपारामा अलपत्र ४ सय ४६ जनाको उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वय, कर्णाली प्रदेश सरकार तथा सम्बन्धीत सबै जिल्ला प्रशासनको समन्वयमा सिमामा अलपत्र मजदुरहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । करिब ४५ दिन देखि नानपारामा कष्टकर जीवन बिताइरहेका उनिहरुलाई नेपालगन्जबाट आरडिटि चेकजाँच गरेर शुक्रबार नै उद्धार गरिएको छ । नानपारामा अलपत्र परेका नेपाली मजदुरमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशका रहेका छन् । नेपाली एकता समाजको तथ्यांक अनुसार दैलेखका ३६, कालिकोटका ६, जुम्लाका २८ र सुर्खेतका ६ लगायत कर्णालीका २ सय जना कर्णालीका मजदुर सिमानामा अलपत्र थिए । त्यस्तै प्रदेश नं.१ को एकजना, प्रदेश नं.२ का हरिबहादुर नामका एकजना, प्रदेश नं. ३ का चित्र बहादुर तामाङ एकजना, प्रदेश नं. ४ का विष्णु पौडेल सहित ४ जना, प्रदेश नं. ५ का ४४ जना र ७ प्रदेश नं. ७ का नर बहादुर साहुद सहित ४ जना लगायत अन्य सबै गरी सिमामा अलपत्र साढे ४ सयको मजदुरको सबै प्रदेश सरकारले आफ्ना नागरिकलाई उद्धार गरेका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सीमा नाकामा अलपत्र परेका नागरिकहरूलाई जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा प्रहरी स्कर्टिङ गरेर जिल्लामा ल्याउने काम भइरहेको बताइन् । जिल्लामा पुग्ने २८ जनालाई जिल्लास्तरीय क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालयमा राख्ने तयारी भइरहेको छ । उद्धार गरी ल्याइएका हिमा गाउँपालिकाका २८ जना नागरिकको नाग्मदेखि प्रहरी स्कर्टिङबाटै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । ११ सय १२ जना क्वारेन्टाइनबाट घर फर्किए कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि विगत चैत ११ गते यता देश लकडाउनमा छ । जारी लकडाउन बीच भारत तथा तेस्रो मुलुक र जिल्ला बाहिरबाट ११ हजार ३६ जना नागरिक जुम्लामा भित्रिएका छन् । जिल्लामा भित्रिएर क्वारेन्टाईन बसेका मध्ये हालसम्म एक हजार एक सय १२ जना १४ दिन पुरा गरी घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयद्धारा नियमित सार्वजानिक हुने प्रतिबेदन अनुसार शुक्रबार सम्म एक हजार एक सय १२ जना जना घर फर्किएका हुन् । एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका चार सय ६ बेडको क्वारेन्टाईनमा अहिले ९ जना मात्रै बसेका छन् । जसमा तातोपानी गाउँपालिकाको क्वारेन्टाइनमा ६ जना र पातारासी गाउँपालिकाको क्वारेन्टाईनमा ३ जना गरी ९ जना मात्रै जुम्लामा क्वारेन्टाईनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताए । क्वारेन्टाईन बसी १४ दिन पुरा भएकाहरुको ¥यापिड डाइगोनोस्टिक टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइएको जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिए । जुम्लामा हालसम्म एक हजार दुई सय ६३ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण तथा दुई सय ६१ जनाको आरडिटी चेक गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गएको आईतबार जुम्लामा मेडिकल मार्च नै संचालन गरी एकै दिन आठ सय ४९ जनाको स्वाब संकलन गरिएको थियो ।