राजनीतिक बन्दीका रूपमा २४ वर्षदेखि चेम्गाङ जेलमा राखिएका भुटानी मानव अधिकारकर्मीसहित ६ जनालाई भुटान सरकारले रिहा गरेको छ । सन् १९९८ जुलाईदेखि थुनामा राखिएका ड्रुक नेसनल कंग्रेसका नेता छेवाङ रिन्जिन र भुटानमा सन् २००८ मा लोकतन्त्र बहाली भएपछि पक्राउ गरिएका ५ नेपालीभाषी डेढ साताअघि रिहा भएका हुन् ।