राष्ट्र बैंकले आन्तरिक सेवामा हस्तक्षेप गरेको बैंक सञ्चालकको गुनासो

बैंक संचालकहरुको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले राष्ट्र बैंकले माइक्रो म्यानेजमेन्ट गर्न खोजेको भन्दै गुनासो गरेका छन्।

सम्बन्धित सामग्री

साउन यता राष्ट्र बैंकले खरिद गर्‍यो करिब ४२ अर्बको ट्रेजरी बिल

३ असोज, काठमाडौं । चालु आर्थिक वर्ष लागेपछि ४१ अर्ब ८६ करोड बराबरको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको छ । राष्ट्र बैंकले नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिलको ब्याजदर दोहोरो अंकमा पुगेपछि राष्ट्र बैंकले आफैं खरिद गरेर ब्याजदरमा हस्तक्षेप गरेको हो । राष्ट्र बैंकले २ असोज आइतबार २८ दिन, ९१ दिन र १८२ […]

‘ब्याजदरमा हस्तक्षेप गरेर राष्ट्र बैंकले ठीक गरेन’

बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अंकमा राख्न भन्दै राष्ट्र बैंकले गरेको हस्तक्षेप ठीक नभएको विज्ञहरूले बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले समसामयिक विषयमा मंगलबार गरेको अन्तर्क्रिया कार्यक्रममा विज्ञहरुले ब्याजदरमा हस्तक्षेप नगरी स्वतन्त्र छोड्नुपर्नेमा जोड दिएका हुन् ।

ब्याजदर एकल अंकमा राख्न राष्ट्र बैंकको थप कडाइ

२८ कात्तिक, काठमाडौं । ब्याजदर नियन्त्रणमा राख्न नेपाल राष्ट्र बैंकले थप कडाइ गरेको छ । यही कात्तिक पहिलो साता बैंकहरुले आक्रामक ढंगले निक्षेपको ब्याजदर वृद्धि गरेपछि एक पटकमा १० प्रतिशतभन्दा बढी घटबढ गर्न नमिल्ने भन्दै राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । आइतबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा […]

ब्याजदरको स्थिरताले सेयर बजारमा सकारात्मक प्रभाव

बैंक तथा वित्तीय संस्थाको ब्याजदरको उतारचढावका कारण अस्थिर बनेको सेयर बजारमा ब्याजदरको स्थिरतासँगै सकारात्मक प्रभाव पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी ब्याजदरलाई एकल अंकमा कायम गराएसँगै सेयर बजार निरन्तर उकालो लाग्न थालेको छ ।गत साताभरमा ८३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स, यो साताको तीन दिनमै करिब २ सय अंकले वृद्धि […]

ब्याजदरको उतारचढावले सेयर बजार अस्थिर

बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा देखिएको उतारचढावले यो साता सेयर बजार अस्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंकहरुको ब्याजदर घटाए पनि सेयर बजारमा भने नकारात्मक नै असर देखियो ।दसैं बिदापछि खुलेको बजार यो साता ८३ अंकले घटेको छ । दसैंअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६३९ अंकमा बन्द भएको थियो । साताको […]

ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरेपछि नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धिमा हस्तक्षेप गरेको छ । बैंकहरुले ११.६६ प्रतिशतसम्म ब्याजदर पुर्‍याएपछि राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गर्दै ब्याजदर वृद्धिमा हस्तक्षेप गरेको हो । बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन नपाउने व्यवस्था गरिएको छ । यस्तै व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने छ । कात्तिका महिनाका लागि प्रकाशित ब्याजदर परिवर्तन गरी यही कात्तिक ३ गतेभित्र संशोधन गरी ५ गतेभित्र दैनिक पत्रिकामा प्रकाशित गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म पुर्‍याएपछि राष्ट्र बैंकलाई हस्तक्षेप गर्न दबाव बढेको थियो । सीडी रेसियोको व्यवस्था हटाउन माग गरे पनि राष्ट्र बैंकले त्यसलाई सम्बोधन नगरी ब्याजदर घटाउने नीतिगत व्यवस्था गरेको छ ।

ब्याजदरमा राष्ट्र बैंकको अंकुश–ब्याजदर संशोधन गर्न निर्देशन

नेपाल राष्ट्र बैंकले बैंकहरुले निक्षेपमा ब्याजदर बढाएर १० प्रतिशत भन्दा माथि कायम गरेपछि हस्तक्षेप गरेको छ । केन्द्रीय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाको नाममा जारी गरेको सर्कुलरमा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ । यस्तै संस्थागत निक्षेपमा प्रदान गरिने ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने पनि सर्कुलरमा उल्लेख...

ब्याजदर १० प्रतिशतमात्र तलमाथि गर्न पाइने

नेपाल राष्ट्र बैंकले ब्याजदर बृद्धिमा हस्तक्षेप गर्दै बुधबार कात्तिकको ब्याजदर पुन निर्धारण गर्न निर्देशन जारी गरेको छ । नयाँ ब्याज असोजमा तय भएको ब्याजदरभन्दा १० प्रतिशत तल वा माथिमात्र हुनसक्ने गरि मंगलबार अबेर जारी गरेको निर्देशनका अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गर्दै ब्याजदर बृद्धिमा हस्तक्षेप गरेको हो ।राष्ट्र बैंकका […]

राष्ट्र बैंकले आन्तरिक सेवामा हस्तक्षेप गरेको बैंक सञ्चालकको गुनासो

बैंक संचालकहरुको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले राष्ट्र बैंकले माइक्रो म्यानेजमेन्ट गर्न खोजेको भन्दै गुनासो गरेका छन्।