काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले उच्च जोखिम भएका सुदूरपश्चिमका जिल्लाहरूमा लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम तुरुन्त नियन्त्रण गर्नु पर्ने बताएका छन्।
कोभिड-१९ संक्रमण नियन्त्रण गर्ने प्रयासमा सुरक्षा अंग परिचालन गरी भारतबाट अनाधिकृत रूपमा नेपाल आउने क्रम अन्त्य गर्नु जरूरी भएको राणाले सरकारलाई सुझाव दिएका