राप्रपा अध्यक्ष कमल थापालाई एमाले महाधिवेशनमा निम्तो

नेकपा एमालेले राप्रपा अध्यक्ष कमल थापालाई मंसिर १० गते चितवनमा हुने महाधिवेशनको समुद्घाटन समारोहमा सम्बोधन गर्न निम्तो दिएको छ । राप्रपा अध्यक्ष थापालाई एमाले अध्यक्ष केपी ओलीको तर्फबाट दिइएको निम्तो नेता राजन भट्टराईले आज पार्टी केन्द्रीय कार्यालयमा भेट गरि अध्यक्ष थापालाई  बुझाएका छन् । राप्रपा आफैं पनि महाधिवेशनको अन्तिम तयारीमा रहेको भएतापनि नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण दल एमालेको महाधिवेशनमा अध्यक्ष थापा सम्बोधनका लागि चितवन जाने कार्यक्रम रहेको राप्रपा प्रचार संयोज

सम्बन्धित सामग्री

राजेन्द्र लिङ्देनविरुद्ध खनिए कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध खनिएका छन् । चुनाव प्रचारको अन्तिम दिन मकवानपुरको पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापा आफ्ना पुरानो सहकर्मी लिङ्देनविरुद्ध विश्वासघाती र अवसरवादी रहेको आरोप लगाउँदै आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।थापाले झापामा नेकपा एमालेको सहयोगको निम्ति याचना गर्ने लिङ्देनले मकवानपुरमा आएर (एमाले) विरुद्ध विषवमन गरेको आरोप लगाए । विगतमा आफूले केपी ओलीसँग अनुनय विनय गरेर राजेन्द्र लिङ्देनलाई जिताएको तर, केपी ओलीविरुद्ध सं

कमल थापालाई राजेन्द्र लिङ्देनले दिए बधाई

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालको अध्यक्ष बनेकोमा कमल थापालाई बधाई दिएका छन् । उनले कमल थापाको आगामी दिन सुखमय बनोस् भन्ने शुभकामना पनि दिएका छन् ।  ‘राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई’, लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन् । पार्टीको गत निर्वाचनमा निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको भन्दै थापाले छानबिनको माग गर्दै आएका थिए । तर सो मागको सुनुवाइ नभ

राप्रपाको महाधिवेशनमा गएनन् ओली, ईश्वरलाई पठाए

राप्रपाको एकता महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा गरेपनि सो पार्टीको प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपस्थित भएका छन् । एमालेको १० औं महाधिवेशनमा भने राप्रपा अध्यक्ष कमल थापा अतिथिको रुपमा सम्बोधन गर्न चितवन पुगेका थिए भने सो क्रममा ओली राष्ट्रपति नेता भएको भन्दै तारिफ गरेका थिए ।  केही वर्षयता थापा र ओलीबीच निकटता रहँदै आएको छ ।

राप्रपा अध्यक्षमा डा. लोहनीको समर्थन लिङ्देनलाई

१३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । नयाँ नेतृत्व चयनका लागि राप्रपा अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । डा. लोहनीले आफ्नो समर्थन राजेन्द्र लिङ्देनलाई हुने बताए । उनले अहिलेको तीनैजना अध्यक्षले दोहोर्‍याउन नहुने […]

राप्रपा अध्यक्ष कमल थापा पनि पुगे एमाले महाधिवेशनकाे उद्घाटन कार्यक्रममा

राप्रपा अध्यक्ष कमल थापा पनि एमालेकाे दशौँ महाधिवेशनकाे उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन पुगेका छन्

चितवन पुगे राप्रपा अध्यक्ष कमल थापा

चितवन । एमाले महाधिवेशनमा सहभागी हुन राप्रपा अध्यक्ष कमल थापा चितवन आइपुगेका छन् । उनलाई एमाले नेता देवी ज्ञवाली र रामप्रसाद न्यौपानेले स्वागत गरे । राप्रपाका नेतृ रिना गुरुङलगायता नेता कार्यकर्ताहरू पनि कमल थापालाई स्वागतका लागि भरतपुर विमानस्थल आएका थिए । एमाले अध्यक्ष केपी ओलीसँग आफ्नो व्यक्तिगत रूपमा सदभाव रहेको बताउँदै थापाले नेतृत्व चयनका सन्दर्भमा […]

एमाले महाधिवेशनमा सहभागी हुन चितवन पुगे महन्थ ठाकुर

काठमाडौं : नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर चितवन पुगेका छन्।अध्यक्ष ठाकुर बुद्ध एयरको विमानबाट बिहीबार नै चितवन पुगेका हुन्। एमाले महाधिवेशनमा प्रमुख सातवटा राजनीतिक दललाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा शुभकामना मन्तव्य दिने तय भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। तर, म

कमल थापाले छाडे निर्वाचन संयोजकको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएका छन् ।शनिबार विहान सामाजिक सञ्जालमार्फत थापाले राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् । उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एक जनालाई लिन उनको आग्रह छ । अध्यक्षद्वयले जिम्मेवारी नलिएको अवस्थामा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन

राप्रपाको महाधिवेशन अनिश्चितकालको लागि स्थगित

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ। कोरोना भाइरसको दोस्रो लहरको जोखिमको कारण महाधिवेशन स्थगित गरिएको आज प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ। राप्रपाले यही जेठ २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने घोषणा गरेको थियो। राप्रपा अध्यक्ष कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

राप्रपाले पृथ्वी जयन्ती मनाउने, अध्यक्ष कमल थापा गोरखा जाने

काठमाडौं : हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा चियापान गर्दै आएको राप्रपाले यसपटक कोरोना महामारीको कारण चियापान कार्यक्रम नगर्ने तर ७७ वटै जिल्लामा विविध कार्यक्रम गरी मनाउने भएको छ।२०६५ देखि हरेक वर्ष राप्रपाले सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा गरी चियापान गर्दै आएको थियो। यसपटक गोरखामा हुने कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा सहभागी हुने भएका छन्। थापा गोरखामा हुने र्‍यालीमा सहभागी भई पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्ने र गोरखाबासीलाई सम