शारदा नगरपालिका–१ श्रीनगरमा निर्माण गर्ने भनिएको सिटी बसपार्क डीपीआरमै सीमित बनेको छ । श्रीनगरमा अहिले सञ्चालन भइरहेको बसपार्क क्षेत्र आसपासको ऐलानी जग्गा समेटेर आधुनिक बसपार्क निर्माण गर्न खोजिएको थियो । तर, वर्षौंदेखि उक्त ऐलानी जग्गामा बसिरहेका स्थानीयले आफ्ना संरचना हटाउन नमानेपछि बसपार्क निर्माणको काम अलपत्र परेको हो ।