कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरको सिटी बसपार्कको भाडा बापतको बक्यौता रकम उठाउन नसकेपछि निर्माण कम्पनीका विरुद्ध नगरपालिकाले अदालतमा मुद्दा दायर गरेको छ ।बसपार्क सञ्चालनको जिम्मा लिएको पीआर कन्स्ट्रक्सन भक्तपुर विरुद्ध जिल्ला अदालत सुर्खेतमा शुक्रबार मुद्दा दायर गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले भाडा बापतको बक्यौता रकम तिर्न पटक–पटक आग्रह गर्दा पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको बताए । उनले भने, ‘ठेकेदार कम्पनी पीआर कन्स्ट