कहिलेकाहीँ थकाइ लागेर वा खाना नखाँदा चक्कर आउन थाल्छ । तर दिनदिनै यस्तो हुन थाल्यो भने चाहिँ सावधान हुनुपर्छ ।
कुनै कारण नभई दिनदिनै चक्कर आउँदा कुनै गम्भीर रोगको संकेत हुन सक्छ । यसलाई समयमै ध्यान नदिएमा ज्यान पनि जान सक्छ ।
आँखा, दिमाग, कान, गोडा र मेरुदण्डका नसाले काम नगर्दा चक्कर आउँछ अनि आँखाअगाडि अँध्यारो देखिन्छ । यसलाई खेलाँची ठान्ने भूल गर्नुहुँदैन ।
मस्तिष्कमा निरन्तर अक्सिजन पुगिरहनुपर्छ । रगतमार्फत अक्सिजन दिमागमा पुग्छ । कहिलेकाहीँ रगतको डल्लो बन्दा वा राम्रो रक्तसञ्चार नहुँदा मस्तिष्कसम्म अक्सिजन सही म...