अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गरिने

राजनीतिक दलसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति सत्तारुढ गठबन्धनमा जुटेको छ । सत्तारुढ गठबन्धनको आइतबार बसेको बैठकले एक दुई दिन भित्रमै अध्यादेशलाई निष्क्रिय बनाउने र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।सर्वोच्च अदालतले अध्यादेशका सन्दर्भमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाले अध्यादेश निष्कृय बनाउन कानुनी अड्चन नआउने निष्कर्ष पनि बैठकले निकालेको छ । बैठकमा […]

सम्बन्धित सामग्री

मन्त्रीको शपथमा कानूनी संकट : बनेन नयाँ कानुन, निष्कृय बन्यो अध्यादेश

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन्। तर, मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्रीको सपथमा भने कानूनी संकटको अवस्था देखिएको छ। सपथसम्बन्धी नयाँ कानून बनिनसकेको र यसअघि जारी अध्यादेश निष्क्रिय भएकाले...

पार्टी फुटाउन सहज हुने अध्यादेश फिर्ता लिन सरकारको सिफारिस

सरकारले दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले  राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।राष्ट्रपतिले अध्यादेश फिर्ता लिएपछि यो अध्यादेश स्वत निष्क्रिय हुने छ । सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने र फिर्ता लिन सक्ने संवैधानिक ब्यबस्था छ । सरकारको सिफारिसमा भदौ २ गते राष्ट्रपतिले 'राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ' अध्यादेश जारी गरेकी थिईन् ।  अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्था थियो । सो ब्यबस्था अनुसार नेकपा एमाले र जसपा पार्टी फुटेर नेकपा एस र लोसपा पार्टी बनिसकेका छन् । नयाँ पार्टी बनेर उदेश्य पुरा भएको र अध्यादेशको कारण मन्त्रिपरिषद विस्तारमा कठिनाई भएपछि सरकारले अध्यादेश फिर्ता लिन लागेको हो । अध्यादेश फिर्ता भएपछि सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।

गठबन्धन बैठक: अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारअघि अध्यादेश निष्क्रिय पार्ने निर्णय गरेको हो । बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी […]

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढ दलभित्रै खटपट

मन्त्रिपरिषद् विस्तार र राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको विषयले सत्तारुढ दलभित्र खटपट बढेको छ । सत्ता घटक मध्येका नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले अध्यादेश खारेज वा निष्क्रिय गराउँदा आफ्नो दलविरुद्ध अदालतमा परेको मुद्दा प्रभावित बन्न सक्ने भन्दै संसद्‌बाट यथास्थितिमा पारित गर्न जोड गर्दै आएका छन् ।