चुनावको मिति घोषणा गर्न सरकारलाई एक हप्ताको ‘अल्टिमेटम’

स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले ‘आलटाल’ गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘जनदबाब र संघर्ष’ को रणनीति अघि सार्ने भएको छ । माघ १९ गते बुधबार बस्ने पार्टी केन्द्रीय सचिवालय बैठकमा छलफल गरेर संघर्षका कार्यक्रम सार्वजनिक गर्ने एमालेले तयारी गरेको हो ।उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सचिवालय बैठकमा हुने छलफलका आधारमा पार्टीले भावी कार्यक्रम र एजेण्डा तय गर्ने बताए । ‘सरकारले बहानाबाजी गर्न खोज्यो भने पार्टी आफै पनि संघर्षमा उत्रिन्छ । अहिले हामीले जनस

सम्बन्धित सामग्री

निर्वाचनको मिति घोषणा भएपछि संसदको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्चमा रिट

सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि प्रतिनिधि र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । बिहीबार अधिवक्ता मनिराम उपाध्याय लगायत पाँच जनाले संघीय सरकार, प्रतिनिधिसभा, सभामुख र सात वटै प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।यसअघि अधिवक्ता उपाध्यायसहितले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन पेश गरेका थिए । तर उक्त निवेदन कामु मुख्य रजिस्ट्रार नारायण पन्थीले दर्ता

लालबाबुको प्रश्न : गठबन्धनको गाँठागुठी नमिलेर चुनावको मिति घोषणा नगरेको हो ?

नेकपा एमालेले चुनावको मिति किन घोषणा नगरेको ? भनेर संसदमार्फत सरकारलाई प्रश्न गरेको छ ।  आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद लालबाबु पण्डितले यस्तो प्रश्न गरेका हुन् । ‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाई गरिरहेको छ ?’, पण्डितको प्रश्न छ । उनले सभामुखमार्फत सरकारलाई प्रश्न गरे, ‘गठबन्धनको गाँठागुठी नमिलेर हो कि आशीर्वाद लिन गएको ठाउँबाट आशीर्वाद नपाएर हो कि ? या चुनाव नगराउने मनसायले गठबन्धन लामो समय टिकाउन हो जनता चाहान्छन् ?’

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु स्वागतयोग्य: एमाले

काठमाडौं, माघ २५। सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेपछि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वागत गरेको छ । सरकारले निर्वाचनको मिति तोक्नमा आलटाल गर्दै गर्दा एमाले निकटको जनवर्गीय संगठन आन्दोलन गरिरहेका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । एमालेले यसअघि सरकारलाई निर्वाचनको मिति घोषणा […]

सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन मिति घोषणा गर्न माग

काठमाडाैं : विभिन्न संघ संस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन्।नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न संघ संस्थाले आगामी ४ जेठमा निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोले सोही अनुसार मिति घोषणा गर्न आह्वान गरेका हुन्।ती संघसंस्थाले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी कुनै पनि बहानामा स्थानीय तहको निर्वाचनको मिति पर धकेल्ने काम गर्न नहुने जनाएका छ

एमालेले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आज (सोमबार) बसेको एमाले केन्द्रीय कार्यालय बैठकले आगामी वैशाखभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण शक्तिका साथ सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । यस्तै, पार्टीले स्थानीय […]

एमालेले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने

पार्टीले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न दवाव दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

अविलम्ब मिति घोषणा गरेर चुनावको तयारी थाल

लामो अन्योलता, आशंका र आलोचना मेट्दै सत्ता गठबन्धन स्थानीय तहको चुनाव आगामी जेठ महिनाभित्रै सम्पन्न गर्ने निष्कर्षमा पुगेको छ ।  चुनाव सार्नका लागि कानून संशोधन लगायतको अलमलमा लागेको गठबन्धनले शनिवार जेठ महिनाभित्र चुनाव सम्पन्न गर्नेगरी मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । कतिपय राजनीतिक दल, मिडिया र सचेत नागरिकको दबाबका कारण चुनाव पर धकेल्ने गठबन्धनको प्रयास विफल भएको छ ।  गठबन्धनको शनिवारको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जेठ महिनाभित्र चुनाव गर्न प्रस्ताव गरेका थिए । ...

चुनाव मिति घोषणा गर्न दबाब परेको बेला देउवा, प्रचण्ड र नेपालबीच छलफल

स्थानीय तहको चुनाव मिति घोषणा गर्न दबाब परिरहेको बेला सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । स्थानीय तह निर्वाचनको मिति लगायत समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।  निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्न सरकारलाई ताकेता गरेपछि गठबन्धनका ...