निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति यथाशीघ्र तोक्न सरकारलाई ताकेता गरेको छ ।
यसअघि आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर र सर्वदलीय छलफल गरेर आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको थियो ।
आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग परामर्श गरेर निर्वाचनको मिति तोक्ने बताएका थिए ।
सत्ता सञ्चालन गरिरहेका गठबन्धन दलहरूबीच निर्वाचनबारे व्यापक छलफल भइरहेको छ तर उनीहरू तत्काल स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छैनन् ।
बरु संविधान र स्थानीय तह निर्वाचन सम्बन्धी ऐनको प्रावधान...