लालबाबुको प्रश्न : गठबन्धनको गाँठागुठी नमिलेर चुनावको मिति घोषणा नगरेको हो ?

नेकपा एमालेले चुनावको मिति किन घोषणा नगरेको ? भनेर संसदमार्फत सरकारलाई प्रश्न गरेको छ ।  आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद लालबाबु पण्डितले यस्तो प्रश्न गरेका हुन् । ‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाई गरिरहेको छ ?’, पण्डितको प्रश्न छ । उनले सभामुखमार्फत सरकारलाई प्रश्न गरे, ‘गठबन्धनको गाँठागुठी नमिलेर हो कि आशीर्वाद लिन गएको ठाउँबाट आशीर्वाद नपाएर हो कि ? या चुनाव नगराउने मनसायले गठबन्धन लामो समय टिकाउन हो जनता चाहान्छन् ?’

सम्बन्धित सामग्री

एमालेको प्रश्न– सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्न सरकारले किन ढिलाइ गरिरहेको छ ? भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले चुनाव नगराउने मनसायले सत्ता गठबन्धन लामो समय टिकाउनका लागि निर्वाचनको मिति घोषणा नगरेको हो ? भन्दै प्रश्न...