कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको १७ औँ बैठकमा तीन विधेयक टेबुल गरिएको छ । सभामुख राजबहादुर शाहीले आजको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले विधेयक टेबुल गर्न समय दिए ।कानूनमन्त्री शाहीले ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक,’ ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभासमक्ष टेबुल गरिएको छ । त्यसैगरी उनले ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र