कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य : दुई विधेयक पारित

वीरेन्द्रनगर- कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य भएको छ । अधिवेशनअन्तर्गतको बैठकबाट मा कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ । कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेर लागू भइसकेको छ भने निजामती कर्मचारी विधेयक भने प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको छ । त्यस्तै कर्णाली प्रदेश […]

सम्बन्धित सामग्री

संसद् अधिवेशन अन्त्य : १८० दिनमा एउटा विधेयक पारित

संघीय संसद्का दुवै सदनको बजेट अधिवेशन अन्त्य भएको छ । ६ महिना चलेको अधिवेशन एउटा मात्र विधेयक पारित गरेर बिहीबार टुंगिएको हो । अधिवेशनमा सरकारले ल्याएका बजेट आश्रित विधेयकहरूका अतिरिक्त सडक र सार्वजनिक वृत्तको चर्को दबाबपछि मिटरब्याज पीडितसम्बन्धी एउटा संशोधन विधेयक पारित गर्नेबाहेक अन्य काम हुन सकेन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

कास्की । गण्डकी प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाले बिजनेश नपाएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको सिफारिशमा बिहीवार अधिवेशनको अन्त्य भएको घोषणा गरेका हुन् । बुधवार प्रदेश प्रमुख गुरुङको सम्बोधनपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरे पनि सरकारको सिफारिशमा बिहीवार चालू अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको सूचनामा उल्लेख छ । गण्डकीको प्रदेशसभाबाट चालू अधिवेशनमा चार विधेयक र दुई अध्यादेश पारित भएका छन् । यस अधिवेशनमा १६ ओटा बैठक बसेका छन् । प्रदेशसभाले विनियोजन ऐेन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । त्यस्तै गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत पारित भएका छन् ।

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य गरिएकोसम्बन्धी पत्र वाचन गर्दै जारी दशौँ अधिवेशन अन्त्य गरिएको जानकारी दिए । आजको बैठकले ‘सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ । […]

मधेस प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

मधेस प्रदेशसभाको चालू नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन् ।  नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले गएराति १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।  यही २०७९ जेठ १९ गतेदेखि सुरु भएको प्रदेशसभाको नवौँ अधिवेशनले आर्थिक विनियोजन विधेयकसहित महत्वपूर्ण आठ विधेयक पारित ग

१३ दिनमै सुदूरपश्चिमको अधिवेशन अन्त्य

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । अधिवेशन सुरु भएको १३ दिनमै हिउँदे अधिवेशनको अन्त्य गरिएको हो । चैत १३ गतेबाट सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनमा जम्मा पाँच वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ । कानुन अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशनमा जम्मा दुई वटा विधेयक पारित भएको सचिवालयले जनाएको छ । […]

गण्डकी प्रदेशसभामा एक विधेयक पारित, चालू अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरू विकास लम्साल, सरिता गुरुङ, गायत्री गुरुङ र कृष्णबहादुर थापाले प्रदेश तथा स्थानीय तहबीचको समन्वयका लागि विधेयक महत्वपूर्ण बन्ने विश्वास

एउटै विधेयक पारित नभई संसदको विधेयक अधिवेशन अन्त्य, ४२ वटा विधेयक अलपत्र

काठमाण्डाै – संघीय संसदको दुवै सदनका चालु हिउँदे अधिवेशन अन्त्य भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको हिउँदे अधिवेशन गएराति १२ बजेदेखि अन्त्य गर्नुभएको संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले निकालेको सूचनामा आजका लागि तोकिएको प्रतिनिधि सभा बैठक र माघ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको उल्लेख छ । मङ्सिर २८ गते शुरु भएको अधिवेशनमा जम्मा ७ घण्टा ५० मिनेट संसदीय काम कारबाही...

सुदूरपश्चिम प्रदेशसभा अन्त्य

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ । जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन गएरातिबार राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताउनुभयो । सभामुख थापाले प्रदेश प्रमुखको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी दिनुभएको थियो । यस अधिवेशनमा १० वटा विधेयक पारित गरेको भएको र चार विधेयक प्रमाणीकरण भएका थिए । […]

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन (आज) शुक्रबारबाट अन्त्य भएको छ। जेठ २१ गतेदेखि सुरु भएको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको हो।सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको पत्र पढेर शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्। जेठ २१ गतेदेखि शुरु भएको बैठकबाट १० वटा विधेयक पारित गरेकोमा चार विधेयक प्रमाणीकरण भएको छ। प्रदेशसभाको बैठक २३ दिनसम्म चलेको छ।थापाका अनुसार सभाबाट प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश वातावरण संरक्षण अध्यादेश २०

आर्थिक विधेयकहरू अलपत्र पार्दै संसद् अधिवेशन अन्त्य

सरकारले तीन महिनाभित्रमा अर्थिक क्षेत्रसँग जोडिएका सबै विधेयक पारित गर्ने वाचा गरेको एक महिना नबित्दै संसद् अधिवेशन अन्त्य गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन सोमबार अन्त्य गरेकी हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ प्रस्तुत गर्दै संसद्मा विचाराधीन रहेका सम्पूर्ण आर्थिक क्षेत्रसँग जोडिएका विधेयकहरु तीन महिनाभित्र पारित […]