काठमाण्डाै – नेपाल टेलिकमले फोरजी प्रविधि अन्तर्गत भ्वाइस ओभर लङ टर्म इभोलुशन भीओएलटीई सेवा सुरु गरेको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा आजदेखि यो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ ।भीओएलटीई सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा चल्नेछ । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाइ डेफिनेशन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिनेछ ।माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्न...