नेपाल टेलिकमको फाइबर इन्टरनेट (एफटीटीएच) सेवा ग्रामीण क्षेत्रका बासिन्दाको रोजाइमा पर्न थालेको छ । लामो समयदेखि निजी लगानीका इन्टरनेट सेवा लिइरहेका ग्रामीण क्षेत्रका बासिन्दाले त्यसलाई हटाउँदै टेलिकमको फाइबर सेवा लिन थालेका हुन् ।
भद्रपुर नगरपालिका–९ का अधिवक्ता मणि पराजुलीले निजी क्षेत्रको सेवाभन्दा नेपाल टेलिकमको फाइबर सेवा राम्रो र भरपर्दो भएको बताए । उनले आफूले मात्र नभएर गाउँका अधिकांशले नेपाल टेलिकमकै फाइबर सेवा लिन थालेको जानकारी दिए ।
फाइबरबाटै टेलिफोन (ल्याण्डलाइन), इन्टरनेट र टेलिभिजन (आइपीटीभी...