नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या

३ फगुन, काठमाडौं । नेपाल टेलिकमको फोन नेटवर्कमा फेरि समस्या आएको छ । बुधबार दिउँसो टेलिकमको फोनमा भनेकै समयमा कल नलाग्ने समस्या चर्को देखिएको छ । ३ माघमा पनि टेलिकमको टेलिफोन प्रणालीमा समस्या देखिएको थियो । सरकारले बनाएको समितिले टेलिकमले बिलिङ सिस्टममा कार्ड फेर्ने क्रममा लापरवाही गर्दा यस्तो समस्या आएको निष्कर्ष निकालेको थियो । फोन […]

सम्बन्धित सामग्री

नेटवर्क खोज्दै सडक र जंगलतिर

‘आफन्तले फोन गर्दा सम्पर्क हुन सकेन मात्रै भन्छ,’ गजाडीका स्थानीय नरबहादुर बुढामगरले भने, ‘हामीले फोन गर्नु परेमा टेलिकमको नेटवर्क खोज्दै सडक तथा जंगलतिर धाउनुपर्छ।’...

नेपाल टेलिकमको नेटवर्क ‘१५ मिनेट डाउन’

नेपाल टेलिकमको मोबाइल तथा ल्यान्डलाइन (पिएसटिएन) सेवा मंगलबार करिब डेढ घन्टा अवरुद्ध भयो । मध्याह्न १२ बजेदेखि साढे एक बजेटसम्म टेलिकमका प्रयोगकर्ताको फोन नलाग्ने, एसएमएस नजानेजस्ता समस्या देखिएको थियो । प्राविधिक समस्या आएका...

फोरजी टावर निर्माणसँगै टेलिकमको नेटवर्क सुधार

खोटाङ– फोन सम्पर्कका लागि नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने खोटाङको रावाबेँसी गाउँपालिका बासिन्दाको बाध्यता अब अन्त्य भएको छ ।गाउँपालिकाको वडा नं.–२ खार्पा रवडा नं.–५ दुवेकोलमा एकसाथ नेपाल टेलिकमका दुई वटा फोरजी टावर विस्तारसँगै सो क्षेत्रका नागरिकको वर्षौंदेखिको बाध्यता हटेको हो ।खार्पा र दुवेकोलको डाँडामा टावर देखिएको तीन वर्ष हुन लाग्दा पनि मोबाइलमा नेटवर्क नआउँदा ‘समस्यामा परेका […]

खुम्बु क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क आउने–जाने भइरहँदा सेवाग्राही मर्कामा

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन्। एक हप्तायतादेखि नेटवर्क आउने–जाने भइरहँदा खुम्बु क्षेत्रमा सञ्चार सेवा प्रभावित भएकाे स्थानीय बासिन्दाले बताएका हुन् । खुम्बुमा नेपाल टेलिकमको एनटीसी र एडीएसएल फोन सेवा बारम्बार बन्द भइरहँदा कार्यालयको सेवामा समेत समस्या भएको स्थानीयवासी अमृत मगरले बताउनुभयो । एडीएसएल फोन सेवा प्रभावित भएसँगै इन्टरनेट सेवा समेत प्रभावित हुने भएकाले कार्यालयको काम नै प्रभावित हुने गरेको नागरिक उड्ययन प्राधिकरण लुक्ल...

बझाङमा चार दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा

बझाङ । बझाङमा ४ दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा आएको छ । लगातारको वर्षातका कारण जिल्लामा फोन सेवा अवरुद्ध भएको थियो । फोन सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्लाका सञ्चारमाध्याम पूर्णरुपमा सम्पर्कविहीन भएको थियो । नेपाल टेलिकमको नेटवर्कमा सुधार गरेसँगै बाढीपहिरो गएको ठाउँको एकीन तथ्याङ्क लिन सजिलो हुने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी बताए ।

बैतडीमा आकाशमा बादल लाग्ने बित्तिकै टेलिफोन बन्द !

बैतडीको सबैभन्दा बढी जनसङ्ख्या भएको पुरचौडी नगरपालिकामा नेपाल टेलिकमको नेटवर्क आकाशमा बादल लाग्ने बित्तिकै बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । विद्युतको पहुँचबाट टाढा रहेको पुरचौडी नगरपालिकाको कुवाकोट–५, काटैको डाँडामा सोलार प्रविधिबाट सञ्चालनमा ल्याईएको नेपाल टेलिकमाको टावरले बादललागेको दिन कामनगर्दा सञ्चारबाट वञ्चित हुनु परेको नगरपालिले जानकारी दिएको छ । टेलिफोन बन्दा हुँदा नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई समस्या भएको बताईएको छ । कोरोना कहरका बेला महत्वपूर्ण रिपोर्टिङ गर्न पनि समस्याहुने गरेको स्थानीय सञ्चारकर्मी हरिश साउदले बताउनुभयो । साउदले भन्नुभयो, “ आकाशमा बादल लागेपछि फोनको नेटवर्क आउँदैन । फोन बन्दभएको आजकरिब २८ दिनभईसकेको छ । डिलासैनी गाउँपालिकामा रहेको टावर खोज्न दुइृ घण्टा उकालो हिँडेर डाँडामा गएपछि बल्ल नेटवर्क आउँछ ।