सोलुखुम्बुमा अझै केही दिन टेलिकमको नेटवर्क अवरुद्ध

सोलुखुम्बु । सोलुखुम्बुमा अझै केही दिन नेपाल टेलिकमको नेटवर्क अवरुद्ध हुने भएको छ । टेलिकमको ओखलढुङ्गादेखि सोलखुम्बुको पत्तालेसम्म विच्छ्याइएको आरटिडिएफ फाइबर मर्मतको काम भइरहेकाले अझै बिहीबारसम्म टेलिकमको मोबाईल, ल्यान्डलाइन र एडिएसएल सेवा प्रभावित हुने नेपाल टेलिकम सल्लेरी शाखाले जनाएको छ । जिल्लाको पत्ताले रिपिटर स्टेसनबाट सञ्चालित सल्लेरीसहित अधिकांश स्थानहरुमा सेवा अनियमित हुने कार्यालय प्रमुख महमद […]

सम्बन्धित सामग्री

बैतडीमा आकाशमा बादल लाग्ने बित्तिकै टेलिफोन बन्द !

बैतडीको सबैभन्दा बढी जनसङ्ख्या भएको पुरचौडी नगरपालिकामा नेपाल टेलिकमको नेटवर्क आकाशमा बादल लाग्ने बित्तिकै बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । विद्युतको पहुँचबाट टाढा रहेको पुरचौडी नगरपालिकाको कुवाकोट–५, काटैको डाँडामा सोलार प्रविधिबाट सञ्चालनमा ल्याईएको नेपाल टेलिकमाको टावरले बादललागेको दिन कामनगर्दा सञ्चारबाट वञ्चित हुनु परेको नगरपालिले जानकारी दिएको छ । टेलिफोन बन्दा हुँदा नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई समस्या भएको बताईएको छ । कोरोना कहरका बेला महत्वपूर्ण रिपोर्टिङ गर्न पनि समस्याहुने गरेको स्थानीय सञ्चारकर्मी हरिश साउदले बताउनुभयो । साउदले भन्नुभयो, “ आकाशमा बादल लागेपछि फोनको नेटवर्क आउँदैन । फोन बन्दभएको आजकरिब २८ दिनभईसकेको छ । डिलासैनी गाउँपालिकामा रहेको टावर खोज्न दुइृ घण्टा उकालो हिँडेर डाँडामा गएपछि बल्ल नेटवर्क आउँछ ।