गोरखा – गोरखामा पनि निषेधाज्ञा लगाइने भएकाे छ । गाेरखामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यसकाे रोकथाम तथा नियन्त्रणका लागि बुधवार (आज) राति १२ बजेदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएकाे हाे ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसी र जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी पौडेलले वैशाख महिनाभर लागू हुने गरी गोरखा जिल्लाभर निषेधाज्ञा जारी गर्नुभएको हो ।
जिल्लामा गोरखा र पालुङटार नगरपालिकासहित आरुघाट गाउँपालिकामा मङ्गलवार&...