भैरहवा भन्सार : आयात घट्दा खुम्चियो राजस्व

भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

सम्बन्धित सामग्री

आयात घट्दा खुम्चियो राजस्व

भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०-८१ मा एक खर्ब २७ अर्ब ८४ करोड रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोड मात्र सङ्कलन भएको हो । भैरहवा भन्सारले अघिल्लो आवभन्दा तीन करोड छ अर्ब कम राजस्व सङ्कलन गरेको छ ।

पेट्रोलियम पदार्थको आयातमा कमी

भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी भएको छ । विगतका वर्षको तुलनामा चालु आर्थिक वर्षमा भैरहवा नाका हुँदै आयात हुने पेट्रोल र डिजेल कम आयात भएको हो । स्वदेशमा उपभोग कम हुन थालेपछि आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार चालु आवको नौ महिना (साउनदेखि चैत मसान्तसम्म) बेलहिया नाका हुँदै चार अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको ४६ हजार किलोलिटर पेट्रोल आयात हुँदा दुई अर्ब ६३ करोड ३९ लाख ९५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

पेट्रोलियम पदार्थ आयातमा कमी

भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउन देखि चैत मसान्तसम्म) बेलहिया नाका हुँदै चार अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको ४६ हजार किलो लिटर पेट्रोल आयात हुँदा दुई अर्व ६३ करोड ३९ लाख ९५ हजार राजस्व संकलन भएको छ ।

कर्तव्यनिष्ठ भएर काम गर्न भैरहवा भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

बुटवल- अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री महतले यस्ताे निर्देशन दिएका हुन् । ‘अहिले राजस्व कम उठेको छ, यसका धेरै कारण छन् । केही समयअघि आयात रोकियो, त्यो कारणले पनि भन्सार उठ्न कम भयो,...

प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ

रूपन्देही । भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।  तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट्रक भैरहवा भन्सार कार्यालयबाट बाहिरिएको थियो । कार्यालयदेखि करिब सात सय मिटरको दूरीको तीनकुने बाइपासमा सशस्त्र प्रहरी र भन्सारको संयुक्त चेकजाँच टोलीले शङ्का लागि पुनःभन्सार फर्काइ अनुसन्धान गर्दा भन्सार प्रज्ञापनपत्र नै नक्कली बनाइएको भेटिएको हो ।  भन्सार कार्यलयले उक्त ट्रकसहित, चालक, आयतकर्ता, एजेन्ट, बैंकका कर्मचारी र भैरहवा भन्सारको सुरक्षा हेर्ने अन्नपूर्ण टर्मिनल्सका तीनजना कर्मचारी गरी ११ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख मनिराम पौडेलले बताए ।  उक्त माछा काठमाडौं पठाउने गरी कृष्ण फिडले आयात गरेको थियो । क्वारेन्टिइनबाट माछाको स्वास्थ्य परीक्षणसमेत गराइएको भए पनि प्रज्ञापनपत्र भने नक्कली बनाइएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।  भन्सारकै जाँचकी, अधिकृत कर्मचारीको नक्कली हस्ताक्षर, छाप, राजस्व बुझाएको भौचरसमेत नक्कली बनाएर गाडी निस्किएको थियो । सरकारी कागजात कीर्ते गरी भन्सारको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै ट्रक बाहिरिनु गम्भीर विषय भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।   उनले भने, ‘यो गम्भीर प्रकृतिको घटना हो । यसप्रकारको घटनाले वैधानिक कारोबार गर्ने व्यवसायीलाई पनि मारमा पारिरहेको छ ।’ भैरहवा भन्सारको सुरक्षाको जिम्मेवारी अन्नपूर्ण टर्मिनल्सले लिएको छ ।  उक्त प्रकरणमा संलग्नलाई भन्सार ऐन अनुसार कारबाही गरिसकेपछि उक्त अवैध कारोबारमा संलग्नलाई सरकारी कागजात कीर्तेको आरोपमा मुद्दा चलाउने प्रहरीको भनाइ छ । रासस

कुन भन्सारले कति राजस्व संकलन गर्‍यो ?

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले सर्वाधिक राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा उक्त कार्यालयले २ खर्ब ४ अर्ब राजस्व असुल गरेको छ । यो नाकाबाट गाडी, मोटरसाइकल, पेट्रोलियम, औद्योगिक कच्चा पदार्थ पदार्थलगायत आयात हुन्छ । दोस्रो धेरै महसुल संकलन गर्नेमा भैरहवा भन्सार कार्यालय २२.८८ प्रतिशत छ । गत वर्ष सो कार्यालयले १ […]

एक महिनामा ७२ करोडको तरकारी र फलफूल आयात

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल र भारत दुवै देशमा लकडाउन भएता भारतबाट तरकारी, फलफूल निवार्ध रुपमा आयात भइरहेको छ । आलु, प्याज, हरियो तरकारी र विभिन्न फलफूलहरु निर्वाध रुपमा आयात हुँदा नेपालमा अभाव देखिएको छैन । चैत महिनामा मात्रै भैरहवा नाकाबाट ७२ करोड रुपैयाँ भन्दा बढी मूल्यको आलु, प्याज, तरकारी तथा फलफूल आयात भएको छ । भैरहवा भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार चैत महिनामा २१ हजार ३ सय १० मेट्रिक टन हरियो तरकारी, आलु, प्याज र विभिन्न फलफूल आयात हुँदा २ करोड १३ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भैरहवा भन्सारको राजस्व प्रभावित

तेश्रो मुलुक तथा भारतबाट आयात हुँदै आएका विभिन्न ३० भन्दा बढीका वस्तु गत वर्षको तुलनामा कम आउँदा भन्सारबाट संकलन हुने राजस्व घट्दै गएको छ । राजस्व संकलनको बढी अपेक्षा गरिएका वस्तुहरुको आयात गत वर्षको तुलनामा न्यून हुँदा राजस्व संकलन प्रभावित भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भटराईले बताए ।

सवारी आयात घट्दा राजस्व प्रभावित

रुपन्देहीको बेलहिया–सुनौली नाका हुँदै आयात गरिने सबै किसिमका सवारी आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार विगतका वर्षमा भन्दा यस वर्ष सवारी आयातमा अत्यधिक कमी आँउदा भन्सारको राजस्व असुलीसमेत प्रभावित भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म बेलहिया नाका हुँदै एक खर्ब ६२ अर्ब ९१ करोडका मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्ष २०७९/८० मा भने एक खर्ब १२ अर्ब ९३ करोडका मालवस्तु मात्रै आयात भएको छ । यसबाट ३५ अर्ब ४४ करोड रुपियाँ मात्रै राजस्व सङ्कलन भएको छ ।