भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी भएको छ । विगतका वर्षको तुलनामा चालु आर्थिक वर्षमा भैरहवा नाका हुँदै आयात हुने पेट्रोल र डिजेल कम आयात भएको हो । स्वदेशमा उपभोग कम हुन थालेपछि आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार चालु आवको नौ महिना (साउनदेखि चैत मसान्तसम्म) बेलहिया नाका हुँदै चार अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको ४६ हजार किलोलिटर पेट्रोल आयात हुँदा दुई अर्ब ६३ करोड ३९ लाख ९५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।