कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल र भारत दुवै देशमा लकडाउन भएता भारतबाट तरकारी, फलफूल निवार्ध रुपमा आयात भइरहेको छ ।
आलु, प्याज, हरियो तरकारी र विभिन्न फलफूलहरु निर्वाध रुपमा आयात हुँदा नेपालमा अभाव देखिएको छैन । चैत महिनामा मात्रै भैरहवा नाकाबाट ७२ करोड रुपैयाँ भन्दा बढी मूल्यको आलु, प्याज, तरकारी तथा फलफूल आयात भएको छ । भैरहवा भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार चैत महिनामा २१ हजार ३ सय १० मेट्रिक टन हरियो तरकारी, आलु, प्याज र विभिन्न फलफूल आयात हुँदा २ करोड १३ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।