सवारी आयात घट्दा राजस्व प्रभावित

रुपन्देहीको बेलहिया–सुनौली नाका हुँदै आयात गरिने सबै किसिमका सवारी आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार विगतका वर्षमा भन्दा यस वर्ष सवारी आयातमा अत्यधिक कमी आँउदा भन्सारको राजस्व असुलीसमेत प्रभावित भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म बेलहिया नाका हुँदै एक खर्ब ६२ अर्ब ९१ करोडका मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्ष २०७९/८० मा भने एक खर्ब १२ अर्ब ९३ करोडका मालवस्तु मात्रै आयात भएको छ । यसबाट ३५ अर्ब ४४ करोड रुपियाँ मात्रै राजस्व सङ्कलन भएको छ ।

सम्बन्धित सामग्री

आयात प्रतिबन्धको असर : वीरगञ्ज भन्सारबाट लक्ष्यको ६२ प्रतिशतमात्रै राजस्व संकलन

वीरगञ्ज । देशकै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष (आव) २०७९/८० को ६ महीनामा लक्ष्यको आधा भन्दा केही बढिमात्र राजस्व संकलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालू आवको साउनदेखि पुससम्मको ६ महीनामा लक्ष्यको तुलनामा ६२ दशमलव ४ प्रतिशतमात्र राजस्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।  वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो ६ महीने अवधिका लागि भन्सार विभागले १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।तर, वीरगञ्ज भन्सारले भने ७६ अर्ब ५४ करोड रुपैयाँ मात्रै संकलन गरेको छ ।  विदेशी मुद्रा सञ्चितिमा परेको दबाब समाधान गर्न सरकारले लिएको व्यापार नियन्त्रणको नीतिको प्रभावले राजस्व घटेको भन्सारका अधिकारीहरूले बताउँछन् । व्यापारमा आएको गिरावटको असर राजस्व संकलनमा देखिएको उनीहरूको भनाइ छ ।  ‘यहाँबाट राजस्वमा मुख्य योगदान दिने सवारीका साधन र पेट्रोलियम पदार्थको आयात हो । चालू वर्षमा यी दुवै वस्तुको आयात खस्किएको छ । गाडीको आयातमा त लामो समय प्रतिबन्ध नै लाग्यो,’ वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले भने ।  गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो चौमासदेखि नै आयात नियन्त्रण गरेको सरकारले गत बैशाखदेखि गाडी, महँगा मोबाइल र मदिराको अयातमा पनि रोक लगाएको थियो । अहिले यस्ता विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाएको छ । त्यसयता पनि कतिपय वस्तुको आयातमा नगद मार्जिनको प्रावधान कायमै राखेको थियो । हालैमात्र आयातमा यस्तो मार्जिन हटेको छ ।  विदेशी मुद्राको सञ्चिति जोगाउन खोज्दा सरकारले चालू खर्च नै नधान्ने गरी राजस्व संकलन भएको जानकारहरू बताउँछन् । विदेशी मुद्राको सञ्चिती जोगाउँदा एउटा प्वाल टालिएपनि अर्को प्वाल परेको  जानकारहरू बताउँछन् । गाडीको आयात खुले पनि बजारमा माग नभएको र बैंकहरूले कर्जा लगानी नगरेको भन्दै आयातकर्ताले गाडी भित्र्याएका छैनन् । वीरगञ्ज नाकामा आइसकेका सवारी साधनसमेत भन्सारको यार्डमै थन्किएका छन् ।  विगतमा दैनिक ३०/३५ ओटा गाडी जाँचपास हुने गरेकोमा अहिले आयातकर्ताले दिनमा बल्लतल्ल ३/४ ओटा गाडीमात्रै छुटाएको बरुवालले जानकारी दिए । एकीकृत जाँच चौकी (आईसीपी) भन्सारको यार्डमा अहिले २ हजारभन्दा बढी गाडी थुप्रिएको नेपाल इन्टरमोडल यातायात विकास बोर्डका वीरगञ्ज कार्यालयका प्रमुख कमल ज्ञवालीले बताए । कुन शीर्षकमा कति राजस्व ?  वीरगञ्ज भन्सारले आयाततर्फ भन्सार महसुल ४८ अर्ब रुपैयाँ उठाउनु पर्नेमा २६ अर्ब रुपैयाँमात्रै उठाएको भन्सारको तथ्यांक छ । त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ ३४ अर्ब रुपैयाँ संकलन भएको छ । यो शीर्षमा ४४ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखिएको थियो ।  अन्तः शुल्क १२ अर्ब रुपैयाँ उठाउने भनिएकोमा साढे ५ अर्ब रुपैयाँमात्र संकलन भएको देखिन्छ । गाडीको आयात ठप्प भएकाले अन्तःशुल्कको लक्ष्य नपुगेको भन्सारका अधिकारीहरूले बताएका छन् । अघिल्ला वर्षहरूमा यो शीर्षकमा लक्ष्यको तुलनामा अत्याधिक राजस्व आउने गरेको भन्सारको तथ्यांक छ ।   पेट्रोलियम पदार्थमा लिँदै आएको पूर्वाधार करतर्फ ६ अर्ब रुपैयाँ उठेको छ । यस्तो कर संकलनका लागि वीरगञ्ज भन्सारलाई साढे ९ अर्ब रुपौयाँ लक्ष्य तोकिएको थियो ।

आयात घटाएर राजस्वमा वृद्धि गर्न सकिँदैन : प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा(एमाले)का सांसद प्रदिप ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने दाबी गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताएका हुन्। राजस्वको ठुलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने बताए। उनले सेनेटरी प्याड र विद्युतिय सवारी साधनको आयातमा ठुला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उल्लेख गरे।&nbs

आयात घटाएर राजस्व वृद्धि गर्न सकिन्न :  ज्ञवाली

नेकपा(एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताए ।राजस्वको ठुलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने उनले बताए । उनले सेनेटरी प्याड र विद्युतिय सवारी साधनको आयातमा ठुला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उल्लेख गरे । सांसद ज्ञवालीले

इन्धन र सवारी आयात वृद्धि हुँदा वीरगञ्ज भन्सारले संकलन गर्‍यो ८८ अर्ब  राजस्व

पुस ८, वीरगञ्ज । देशकै मुख्य व्यापारीक नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ । गत आर्थिक वर्षको पहिलो पाँच महीनाको तुलनामा चालू आवको पहिलो पाँच महीनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएकोे हो ।          आर्थिक वर्ष २०७७/ ७८को साउनदेखि मंसिर मसान्तसम्मको पाँच महीनामा ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख रुपैयाँ बढी अर्थात् ८८ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आवको तुलनामा ५२ दशमलव ५० प्रतिशत बढी हो ।            विभागलले चालू आवको साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा ६ अर्ब ८ करोड ६६ लाख रुपैयाँभन्दा ढी राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको बताए।             गत आर्थिक वर्षको पहिलो पाँच महीनामा  ५४ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा ३ अर्ब ४२ करोड ४१ लाख बढी राजस्व संकलन गरेको थियो ।नेपालका लागि हुने इन्धन आयातबाट संकलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले बताएको छ । रासस

भन्सार राजस्व घटेपछि बढ्यो विद्युतीय गाडीको आयात

सरकारले विद्युतीय गाडीको आयातमा लाग्ने राजस्व घटाएपछि चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा यस्ता सवारी साधनको आयात ह्वात्तै बढेको छ । वीरगञ्जस्थित सुक्खा बन्दरगाह भएर विद्युतीय गाडीको आयात बढेको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत बलराम भण्डारीका अनुसार सरकारले चालू आवको आर्थिक ऐनमार्फत विद्युतीय गाडी आयातलाई प्रोत्साहनको नीति लिएपछि यस्ता साधन भित्रिने क्रम बढेको छ । चालू आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा बन्दरगाह भन्सारबाट विभिन्न कम्पनीका ८९ करोड १५ लाख रुपैयाँ मूल्यबराबरका २९० ओटा गाडी भित्रिएको ज...

भन्सार राजस्व घटेपछि बढ्यो विद्युतीय गाडीको आयात

वीरगञ्ज । सरकारले विद्युतीय गाडीको आयातमा लाग्ने राजस्व घटाएपछि चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा यस्ता सवारी साधनको आयात ह्वात्तै बढेको छ । वीरगञ्जस्थित सुक्खा बन्दरगाह भएर विद्युतीय गाडीको आयात बढेको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत बलराम भण्डारीका अनुसार सरकारले चालू आवको आर्थिक ऐनमार्फत विद्युतीय गाडी आयातलाई प्रोत्साहनको नीति लिएपछि यस्ता साधन भित्रिने क्रम बढेको छ । चालू आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा बन्दरगाह भन्सारबाट विभिन्न कम्पनीका ८९ करोड १५ लाख रुपैयाँ मूल्यबराबरका २९० ओटा गाडी भित्रिएको जानकारी भण्डारीले दिए । अघिल्लो आवभरिमा सुक्खा बन्दरगाह भन्सारबाट ४३ करोड ९३ लाख रुपैयाँका १३४ ओटा विद्युतीय गाडी भित्रिएको भन्सारको तथ्यांक छ । समीक्षा अवधिमा १ करोड ८९ लाख रुपैयाँबराबरका ८ ओटामात्रै यस्ता गाडी भन्सारबाट जाँचपास भएका थिए । ‘चालू आवमा सरकारले विद्युतीय गाडीको आयातमा भन्सार दर घटाएर अन्तःशुल्क हटाएपछि यस्ता साधन उल्लेख्य परिमाणमा भित्रिएका छन्,’ भण्डारीले भने । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको चालू आवको बजेटमार्फत विद्युतीय गाडीको आयातमा भन्सार महसुल घटाइको थियो । आयातमा अन्तःशुल्कसमेत हटाएपछि आयात बढेको भन्सार अधिकारीहरू बताउँछन् । देशमा विद्युत् उत्पादन बढिरहे पनि खपत नबढेको भन्दै विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न आयातमा लाग्दै आएको भन्सार महसुल घटाइएको हो । अघिल्लो आव २०७७/७८ को आर्थिक ऐनले व्यवस्था गरेको ८० प्रतिशतसम्मको भन्सारलाई घटाएर चालू आवमा १० देखि ४० प्रतिशतमा झारिएको थियो । अघिल्लो आवमा विद्युतीय गाडीको आयातलाई प्रभावित पार्ने गरी तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले उच्च दरको महसुल र अन्तःशुल्क लगाएकोमा उनको आलोचना भएको थियो । सरकार विद्युत् खपत बढाउनुपर्ने दबाबमा रहेका बेला अर्थमन्त्रीले विद्युतीय गाडीको आयात घट्ने गरी राजस्व तोकेको भन्दै व्यवसायीले विरोध गरेका थिए । चर्को आलोचनापछि अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरे पनि आयात बढेको थिएन । अघिल्लो आवमा ३० प्रतिशत अन्तःशुल्क तोकिएकोमा यो आवको बजेटले अन्तःशुल्क हटाइएको थियो । अहिले यस्ता सवारीसाधन भित्र्याउँदा आयातकर्ताले गाडीको क्षमताको आधारमा १० देखि ४० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धकर तिर्नुपर्छ । सडक सुधार दस्तुर ५ प्रतिशत लाग्छ ।

मुख्य नाका वीरगञ्ज : वैदेशिक व्यापार दोब्बर, सवारी र इन्धन आयात बढ्यो

वीरगञ्ज । कोरोना महामारीकै बीचमा बजारले गति लिन थालेपछि मुख्य नाका वीरगञ्जबाट वैदेशिक व्यापारको आकार दोब्बर पुगेको छ । वीरगञ्ज भन्सारबाट अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को शुरू ३ महीनामा ९९ अर्ब ५५ करोड रुपैयाँबरारको कुल वैदेशिक व्यापार भएको थियो । चालू आवको साउनदेखि असोजसम्मको अवधिमा यो आँकडा १ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये आयात १ खर्ब ६७ अर्ब र निर्यात व्यापार ३१ अर्ब रुपैयाँबराबर छ । व्यापारमा बढेपछि त्यसको प्रभाव भन्सारले उठाउने राजस्वमा पनि देखिएको छ । वीरगञ्ज भन्सारले चालू वर्षको पहिलो त्रैमासिक अवधिमा लक्ष्यभन्दा २० प्रतिशत बढी राजस्व उठाएको छ । अघिल्लो वर्षको यही अवधिमा लक्ष्य भेट्टाउन सकेको थिएन । गत आवको पहिलो ३ महीना कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा थियो । चालू आवमा बजार र यातायात खुलेकाले वैदेशिक व्यापार र राजस्वमा त्यसको सकारात्मक प्रभाव देखिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।   जीपकार आयात शत प्रतिशत बढ्यो आयातनिर्यात कारोबारका हिसाबले सबैभन्दा ठूलो वीरगञ्ज भन्सारबाट सवारीका साधनको आयात ≈वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को साउनदेखि असोजसम्मको ३ महीनामा यस्ता वस्तुको आयात बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको ३ महीनामा यो नाकाबाट ३ अर्ब ३६ करोड रुपैयाँबराबर मूल्यका २ हजार ९१७ ओटा जीपकार भ्यान भित्रिएका छन् । यो संख्या गत आवको सोही अवधिभन्दा १०१ प्रतिशत बढी हो । गत आवको पहिलो ३ महीनामा १ अर्ब ६५ करोड रुपैयाँबराबरका १ हजार ४५० ओटा यस्ता साधन भित्रिएका थिए । चालू आवको पहिलो त्रैमासमा मोटरसाइकलको आयात भने करीब उस्तै छ । १ अर्ब ८० करोड मूल्यका २० हजार ८५५ ओटा मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ । पिकअप गाडीको आयातसमेत ९९ प्रतिशले बढेको छ । ट्रकबसको चेसिसको आयात ३ गुणा बढेको छ । गत आवको पहिलो ३ महीनामा २२० ओटा यस्ता साधन भित्रिएकोमा यो वर्ष ६५९ पुगेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । सबै प्रकारका गाडी र तिनका पार्टपुर्जाको आयात बढेको उनले बताए । गतवर्षको शुरू ३ महीना कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा जारी रहेकाले आयात घटेको थियो । यो वर्ष बजार खुला रहेकाले त्यसको प्रभाव आयातमा देखिएको भन्सार अधिकारीहरू बताउँछन् । इन्धन पनि उस्तै सवारीसाधनको आयातसँगै त्यसमा खपत हुने इन्धनको आयात पनि उल्लेख्य परिमाणले बढेको छ । सबैभन्दा बढी खपत हुने डिजेलको आयात परिमाण १३२ प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज पेट्रोलियम पदार्थ आयात हुने मुख्य नाका हो । गत आवको पहिलो ३ महीनामा १ लाख ५ हजार किलोलीटर (केएल) डिजेल आयात भएको थियो । यो वर्षको सोही अवधिमा डिजेल आयात २ लाख ४५ हजार केएल पुगेको भन्सारले बताएको छ । पेट्रोलको आयात ३६ प्रतिशतले बढेको छ । हवाई इन्धनको आयात ३१ हजार ५९८ केएल छ । यो परिमाण गतवर्षको पहिलो ३ महीनामा ११ हजार २३६ केएल थियो । कोइलाको आयात ३८ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । चालू आवको पहिलो त्रैमासिक अवधिमा १ लाख ९३ हजार ९१९ मेट्रिकटन (मेटन) कोइला आयात भएको छ । यो परिमाण अघिल्लो वर्षको सोही अवधिमा १ लाख ४० हजार ६८३ मेटन थियो । यो अवधिमा एलपी ग्यास, फर्नेस आयल र बेस आयललगायतका पेट्रोलियम पदार्थको आयात बढेको छ ।

सवारी साधन आयात घट्यो, सोचेजस्तो राजस्व उठ्न सकेन

कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्सिर महिनासम्मा सोचेजस्तो राजस्व उठन नसकेको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए । चालु आवको मङ्सिर महिनासम्ममा वीरगञ्ज नाका भएर रु तीन अर्ब २९ करोड मूल्य बराबरको ३७ हजार ६७१

सवारी साधन आयात घट्यो, सोचेजस्तो राजस्व उठ्न सकेन

कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्...