झापा : झापा र इलाम जिल्लाबाट हुने लत्ताकपडा तस्करी कारोबारीबीचको आन्तरिक विवादले रोकिएपछि तस्कर समूह अहिले मोरङ र सुनसरी नाका धाउन थालेका छन्।मोरङको आमबारी, रङ्गेली र सुनसरीको भन्टावारि, लौकी, भोक्रा, घुस्की लगायतको नाकाबाट ठुलो परिणामको लत्ताकपडा तस्करीको माध्यमबाट नेपाल भित्रिरहेका छन्।मोरङको आमबारी नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको १८ पोका लत्ताकपडा सशस्त्र प्रहरीले झापाको बिर्तामोडबाट बरामद गरेसँगै सो नाकाहरूमा तस्करी धन्दा फस्टाएको यसै घटनाले पुष्टि गर्छ।बिना कागजात ल्याइएको १८ पोका कपडा