१ करोड ४५ लाख बराबरको भन्सार छलीको कपडा चितवनबाट बरामद

चितवनको खैरेनी नगरपालिका वडा नम्बर–८ बाट प्रहरीले भन्सार छलीको कपडा र फलामको छड बरामद गरेको छ । वीरगञ्जबाट भित्रिएका ४ वटा ट्रक चेकजाँच गर्दा ८६ पोका भन्सार छलीको कपडा बरामद गरिएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।फलामको छडभित्र सो कपडा लुकाएर ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय खैरेनीका इन्स्पेक्टर सुवास भट्ट नेतृत्वको टोलीले सो सामान बरामद गरेको थियो । ट्रकबाट १ करोड ४५ लाख मूल्यको कपडा र ८८ लाख मूल्य बराबरको फलामको छड प्रहरीले बरामद गरेको छ । फलामको छडको चाहिँ बीज बिजक

सम्बन्धित सामग्री

वीरगन्जमा १ करोड रुपैयाँभन्दा माथिको अवैध कपडा बरामद

पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार राजस्व छली वीरगन्जको आदर्शनगरस्थित गोदाममा भण्डारण गरेको अवस्थामा विभिन्न किसिमका कपडा बरामद गरेको छ ।

करोडौं मूल्य बराबरको कपडा बरामत

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भन्सार नभएको १ करोड ५५ लाख बराबरको कपडा बरामद गरेको छ । सिराहाबाट हेटौडा हुँदै काठमाडौं आउन लागेको भारतीय नम्बरकोे ट्रकलाई रातोमाटे चेकपोष्टमा रोकी चेकजाँच गर्दा अबैध कपडा फेला परेको हो । प्रहरीले दिएको जानकारी अनुसार प्याजहरुको बोराहरुले छोपिने गरि लुकाई राखेको अवस्थामा विभिन्न किसिमका कपडाहरु भेटिएको होे । […]

रुपन्देहीबाट करोड बढीको अवैध सामान नियन्त्रणमा

भैरहवा – जिल्ला प्रहरी कार्यालय रुपन्देही र सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले रुपन्देहीका विभिन्न स्थानबाट १ करोड २६ लाख ९४ हजार बढीको अवैध सामान बरामद गरेको छ। भन्सार छली ल्याइएको ती अवैध बस्तु विशेष सूचनाको आधारमा प्रहरी कमाण्ड टोलीले बरामद गरेको हो। बरामद वस्तुहरू चिनी, चामल र कपडा रहेको छ। सशस्त्र प्रहरी उपरीक्षक […]

रुपन्देहीबाट करोड बढीको अवैध सामान नियन्त्रणमा

भैरहवा – जिल्ला प्रहरी कार्यालय रुपन्देही र सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले रुपन्देहीका विभिन्न स्थानबाट १ करोड २६ लाख ९४ हजार बढीको अवैध सामान बरामद गरेको छ । भन्सार छली ल्याइएको ती अवैध बस्तु विशेष सूचनाको आधारमा प्रहरी कमाण्ड टोलीले बरामद गरेको हो । बरामद वस्तुहरू चिनी, चामल र कपडा रहेको छ । […]

भन्सारबाट छुटेको ट्रकमा अवैध कपडा

वीरगन्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) बाट धान भनी जाँचपास भएको ट्रकबाट १ करोड ५ लाख रुपैयाँ बराबरको कपडा बरामद भएको छ । मंगलबार बिहान आईसीपीबाट जाँचपास भई निस्केको बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर जाँच गर्दा धानको बोरामुनि राखिएको ९३ पोका कपडा बरामद भएको हो ।

धानसहित आइसीपी भन्सार हुँदै भित्रिएको भारतीय ट्रकबाट १ करोडको अवैध कपडा बरामद

वीरगंज : आइसीपी भन्सार भएर भित्रिने क्रममा धानको ट्रकमा १ करोड १९ लाखको अवैध कपडा बरामद भएको छ। सशस्त्र प्रहरी पर्साले गएराति जाँचपास भएर काठमाडौं जाने क्रममा उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो। बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रकलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण…