‘नेकपा एमाले एक्लै ६० देखि ७० प्रतिशत स्थानीय तह जित्छ । हामी एक्लै लड्न सक्छौँ । त्यति जित्न हाम्रो पार्टीलाई कसैको वैशाखी टेक्नुपरेको छैन, कसैको सहारा पनि लिनु पर्दैन,’ चैत १ गते पार्टीको भगिनी संगठन अखिल नेपाल महिला (अनेम) संघको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए । त्यस यता अध्यक्ष ओलीले पार्टीको औपचारिक/अनौपचारिक कार्यक्रम, नेताहरूसँगको छलफल र कुराकानीमा पनि सोही कुरा दोहोर्याइरहेका छन् ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफूलाई देशको एक नम्बर पार