नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको महाधिवेशनपछि मात्रै चुनावी रणनीति बनाउने भएको छ । विप्लव समूहले असोज १ गते पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । आगामी प्रदेश र संघको चुनाव मिति घोषणा हुन बाँकी रहेकाले पार्टीले पनि चुनावको बारेमा निर्णय नगरेको केन्द्रीय सदस्य चिरन पुनले बताए ।‘सरकारले प्रदेश र संघको चुनाव मिति घोषणा गरेको छैन । हतारहतार पार्टीले निर्णय गर्नुको अर्थ छैन,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामीले