सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट अध्यापकहरू नियुक्त गर्न अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले यस्तो आदेश दिएको हो । इजलासले गत मंसिर १४ गते त्रिवि सभाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।उक्त सभाले त्रिविमा सेवारत आंशिक कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त गर्ने निर्णय गरेको थियो । त्रिविको निर्णयपछि खुला प्रतिस्पर्धामा भाग लिएकाहरु सर्वोच्च अदालत गएका थिए ।‘त्रिवि सेवा आयोगबाट मिति २०७७–११–