सल्यान : स्वदेशमा कुनै रोजगारी नभएको भन्दै धेरै युवायुवती विदेश पलायन भइरहेका छन्। स्वरोजगार बन्ने नेपालमा वातावरण नै नभएको भन्दै दैनिक हजारौँ युवा विदेश पलायन भइरहदा सल्यान त्रिवेणी गाउँपालिका ५ मेलचौरका विष्णुबहादुर रावतले व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्।
चार वर्ष साउदी र कतार बसेका रावतले त्यहाँ बालुवामा तरकारी फेलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती थालेका हुन्। परिवार पाल्नकै लागि विदेशी भूमिमा पसिना बगाउन पुगेका उनी अहिले आफ्नै घरमा वार्षिक ७ लाख रुपैयाँभन्दा बढी आम्दानी ...