मजदुरी छाडेर व्यावसायिक तरकारी खेती गर्दै थारु समुदाय

आठ वर्षअघिसम्म कञ्चनपुरको बेलौरी नगरपालिका–३ पणावका ३८ वर्षीय धमलराज चौधरी गाउँघरमा ज्यालादारीमा काम गर्न भौतारिँदै हिँड्नुहुन्थ्यो । परिवारको आर्थिक अवस्था नाजुक थियो नै आफूसित भएको थोरै जमिनमा अन्नबाली लगाएर जेनतेन गुजारा गरिरहनुभएका उहाँले गाउँमा तरकारी खेती गर्न थालेपछि चौधरीको आर्थिक अवस्थामा सुधार हुँदै आएको छ। स्थानीय तह र दातृ निकायले बीउबिजनका साथै गाउँमै पुगेर प्राविधिक …