बागलुङ : चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्द्रप्रसाद सुवेदीले बागलुङ नगरपालिका–४ मा व्यावसायिक तरकारी खेती सुरु गरे।कुँडुलेका अधिकांश युवा शक्ति विदेशमा छन्। यहाँ खेतीयोग्य जमिनलाई पौडेल र सुवेदीले व्यावसायिक रूपमा प्रयोग गरेका छन्।युवा विदेश पलायन भएपछि कुँडुलेका गाउँघर उराठिलो बनेका छन्। खेतीयोग्य जमिन वनमाराले ढाकेको छ। गाउँमा अहिले वृद्धवृद्धा, महिला र बालबालिका मात्रै छन्। पौडेल र सुवेदी ज्वाइँ जेठान हुन्।पौडेल पनि विदेशमा हण्डर खाएर