कञ्चनपुर- बेलडाँडी गाउँपालिका–३ बैवाहका रामलाल चौधरी व्यावसायिक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित छन्। गत वर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल तरकारी फलाएर रु १२ लाख पचास हजार आम्दानी हात पारेका छन् । काउली, बन्दा, गोलभेँडा, घ्यू सिमी, बोडीलगायत बारीमा रोपेर आम्दानी भएको उनले बताए। “बेमौसमी वर्षाले १० कठ्ठामा […]