एक प्रतिशतभन्दा कममा झर्‍यो कोरोना पोजिटिभिटी दर

कोरोना संक्रमण र यसको प्यान्डेमिकको प्रभाव विश्वभरि नै कम हुँदै गइरहेको अवस्थामा पनि विश्वका केही भूभागमा  हाल पनि कोरोनाको नांगो नाच चलिरहेको छ। यस्ता ठाउँ या देशको कुरा गर्दा हाम्रो ठाउँबाट धेरै टाढा जानुपर्ने जरुरत छैन। हाम्रै एसियामा आज पनि कोरोना आतंक चलिरहेको छ। पछिल्लो समय अत्यधिक कोरोना संक्रमण चलिरहेको पश्चिमी प्यासिफिक क्षेत्र हो भन्ने […]

सम्बन्धित सामग्री

प्याडको व्यवस्था गरेपछि महिनावारी हुँदा कक्षा छाड्नेकाे दर शून्यमा झर्‍यो

पाल्पा- यहाँको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रमअन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति पाँच रुपैयाँ उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो । आजभन्दा करिब पाँच वर्ष अघिसम्म सेनिटरी […]

अमेरिकामा बेरोजगारी दर साढे ३ % मा झर्‍यो, १५ महीनासम्म निरन्तर रोजगारी वृद्धि

चैत २१, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी रोजगारदाताहरुले गत महीना ४ लाख ३१ हजार नयाँ रोजगारी सृजना गरेका छन् । अमेरिकी अर्थतन्त्र कोरोना भाइरसको महामारीको प्रभावबाट विस्तारै उब्रिदै गर्दा रोजगारी सृजनाले पनि टेवा पाइरहेको छ । योसँगै लगातार १५ औं महीना पनि रोजगारी सृजना बढेको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ । फेबु्रअरीमा अमेरिकामा बेरोजगारी दर ३ दशमलव  ६ प्रतिशतमा ओर्लिएको छ ।  समीक्षा अवधिमा सबैभन्दा धेरै रोजगारी सृजना बार, रेष्टुराँ र होटलहरुले गरेका छन् । अहिले अमेरिकाले कोरोना भाइरसको महामारीले गर्दा गुमाएको सबै रोजगारी फिर्ता पाएको छ । श्रम बजारको अवस्था कसिलो बनेसँगै व्यवसायहरुले पनि कर्मचारीहरुलाई लोभ्याउन ÷आकर्षित गर्न बढी तलब दिइरहेका छन् । गत वर्षको सोही अवधिको तुलनामा मार्चमा औसत साप्ताहिक तलब ५ दशमलव ६ प्रतिशतले बढेको श्रम मन्त्रालयले बताएको छ । तर तलब महँगी बढेअनुरुप भने बढ्न सकेको छैन । फेबु्रअरीमा अमेरिकामा महँगाी ७ दशमलव ९  प्रतिशतमा उक्लिएको थियो । यो ४० वर्षयताकै उच्च हो ।  अहिले व्यवसायहरुलाई भनेजस्तो भने जत्तिकै कर्मचारी पाउन मुश्किल भइरहेको छ । तलब बढी दिन्छु भन्दा पनि कर्मचारी पाउन नसकिएको अवस्था छ । आतिथ्य क्षेत्रमा कर्मचारी अभाव आगामी दुई तीन वर्षसम्म रहने अनुमान गरिएको छ । रुसले युक्रेनमाथि गरेको हमला वा तेलको भाउमा भएको वृद्धिले कर्मचारी भर्ती अस्थायी रुपमा सुस्त बनाएको कुनै पनि संकेत नदेखिएको क्यापिटल इकोनोमिक्समा वरिष्ठ अर्थशास्त्री माइकल पियर्स बताउँछन् ।  आकाशिएको महँगी नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले गत महीना सन् २०१८ यता पहिलो पटक ब्याजदर बढाएको थियो । फेडले महँगी नियन्त्रण गर्न आक्रामक रुपमा ब्इाजदर बढाउने संकेत गरेको छ । श्रम बजार सुदृढ भएपनि तलब वृद्धि अहिले नै उच्चतम् स्तरमा पुगिसकेकोले फेडले सतर्कताका  साथ कदम चाल्नु पर्ने केही विश्लेषकहरुले औंल्याएका छन् । एजेन्सी

उदयपुरमा ओमिक्रोन संक्रमितको संख्या सयभन्दा तल झर्‍यो

पछिल्लो एक सातायता संक्रमितको दर घट्नुका साथै बिरामी निको हुने क्रम बढेर जिल्लाभर १ सयभन्दा कममा झरेको छ।...

१३ प्रतिशतमा झर्यो संक्रमण दर

नेपालमा कोरोना भाइरसको संक्रमण दर निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । माघ ११ गते कोरोना परीक्षण गर्नेमध्ये करिब आधामा संक्रमण पुष्टि भइरहँदा सोमबार यो दर १३ प्रतिशतको आसपासमा पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण दर समग्रमा १३.८ प्रतिशत रहेको छ । यसमध्ये एन्टिजेन विधिबाट १३ प्रतिशत तथा पीसीआर विधिबाट १५.७ प्रतिशत रहेको छ । माघ ११ मा संक्रमणको समग्र दर ४६.३ प्रतिशत रहेको थियो । यसमा पीसीआरबाट ५२.१ प्रतिशत तथा एन्टिजेन विधिबाट ३३ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो

कोरोना संक्रमणदर २० प्रतिशतमा झर्‍यो

नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतमा झरेको छ । पछिल्लो दुई सातायता लगातार ओरालो लागिरहेको संक्रमण दर शनिबार २०.१ प्रतिशतमा झरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आठ हजार पाँच सय १३ जनामा...

भारतमा सकृय संक्रमितको संख्या एक लाखभन्दा कममा झर्‍यो

काठमाडौँ – भारतमा सकृय संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ । भारतको स्वास्थ्य मन्त्रालयको आधिकारिक साइटमा पछिल्लो विवरणअनुसार सकृय संंक्रमितको संख्या ९९ हजार ७६३ रहेको छ । त्यहाँ निको हुनेको दर ९८. ३५ प्रतिशत छ भने मृत्युदर १.३६ प्रतिशत रहेको छ । ओल्डोमिटरका अनुसार भारतमा पछिल्लो पटक थप ८ हजार ५४८ जना कोरोनमुक्त भएका […]

नेपालमा कोरोना संक्रमण दर ५ % भन्दा कममा झर्‍यो

असोज २५, कामठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । आइतवार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५९६ जनामा संक्रमण देखिएको थियो । उनका अनुसार आइतवारको संक्रमण दर कोरोना भाइरसको दोस्रो लहरको शुरुवात पछिकै सबैभन्दा कम हो । पछिल्लो एक महीनाको बीचमा ६० प्रतिशतले संक्रमण घटेको छ । मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको हो । कोरोना भाइरस विरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गर्न देखाएको तदारुकता र महामारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण संक्रमण घट्दै गएको देखिएको छ । उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको छ । संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताइएको छ । यस्तै काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई खोप लगाइएको छ । रासस

कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झर्‍यो

काठमाण्डौ – नेपाली  श्रमिकको श्रम गन्तव्य देश कुवेतमा कोरोना सङ्क्रमण दर घटेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झरेको छ । यस्तै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या पनि ९९.०९ प्रतिशत पुगेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण दर घट्नुमा नागरिकलाई लगाइएको खोपको उपलब्धि भएको कुवेती स्वास्थ्य मन्त्रालयले  उल्लेख गरेको छ ।  कुवेतमा अहिलेसम्म ४ लाख १० हजार ९०१ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ४ लाख ७ हजार ३९६ जना निको भएका छन् भने २४ सय ३४ जनाको ...

डलरको भाउ नेपाली रुपैयाँ ११६ मा झर्यो, अन्य देशको अवस्था के छ ?

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ नेपाली रुपैयाँमा अधिकतम ११६ रुपैयाँमा झरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर  ११६ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ११७ रुपैयाँ २० पैसा रहेको छ ।यस्तै आज युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ २० पैसा र बिक्री दर १३८ रुपैयाँ ९१ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८० पैसा र बिक्री दर १६१ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।यस्तै स्वीस फ्रेङ्क आज एकको ख

नेपालमा कोरोना संक्रमण दर १९ प्रतिशतमा झर्‍यो, झण्डै ९२ प्रतिशत निको

काठमाडौँ । विगत २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत […]