नेपालमा कोरोना भाइरसको संक्रमण दर निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । माघ ११ गते कोरोना परीक्षण गर्नेमध्ये करिब आधामा संक्रमण पुष्टि भइरहँदा सोमबार यो दर १३ प्रतिशतको आसपासमा पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण दर समग्रमा १३.८ प्रतिशत रहेको छ । यसमध्ये एन्टिजेन विधिबाट १३ प्रतिशत तथा पीसीआर विधिबाट १५.७ प्रतिशत रहेको छ । माघ ११ मा संक्रमणको समग्र दर ४६.३ प्रतिशत रहेको थियो । यसमा पीसीआरबाट ५२.१ प्रतिशत तथा एन्टिजेन विधिबाट ३३ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो