नेपालमा कोरोना संक्रमण दर ५ % भन्दा कममा झर्‍यो

असोज २५, कामठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । आइतवार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५९६ जनामा संक्रमण देखिएको थियो । उनका अनुसार आइतवारको संक्रमण दर कोरोना भाइरसको दोस्रो लहरको शुरुवात पछिकै सबैभन्दा कम हो । पछिल्लो एक महीनाको बीचमा ६० प्रतिशतले संक्रमण घटेको छ । मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको हो । कोरोना भाइरस विरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गर्न देखाएको तदारुकता र महामारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण संक्रमण घट्दै गएको देखिएको छ । उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको छ । संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताइएको छ । यस्तै काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई खोप लगाइएको छ । रासस

सम्बन्धित सामग्री

काभ्रेमा कोरोना संक्रमण दर बढ्यो

काठमाडौं । काभ्रेमा दैनिक कोरोना संक्रमण दर बढिरहेको छ । आइतबार १०३ जनामा गरिएको परीक्षणमा २० मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सक्रमित फेला परेका छन् । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना संक्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा […]

स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोना संक्रमण दर बढ्न थाल्यो, सतर्कता अपनाऔँ

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकाले नेपालमा पनि कोरोना...

मधेस प्रदेशमा कोरोना संक्रमण दर घट्दै

जनकपुरधाम – मधेस प्रदेशमा कोरोना संक्रमण दर घट्दै गएपछि सक्रिय संक्रमितको संख्या ७ सय ७३ भएको छ। स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका अनुसार पर्सामा रहेका संक्रमितमध्ये दुई जना आइसीयुमा उपचाररत छन्। बाँकी सबै संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजय झाले जानकारी दिए। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी पर्सामा २ सय ७६ जना छन्। […]

‘कोरोना संक्रमण दर घट्दै गइरहेको छ’

२१ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर घट्दै गएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण दर घट्दै गइरहेको बताएकी हुन् । शुक्रबार न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि […]

लुम्बिनीमा कोरोना संक्रमण दर ६० प्रतिशत

१० माघ, बुटवल। लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर करिब ६० प्रतिशत पुगेको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सयजनाको परीक्षण गर्दा करीब ६० जनामा संक्रमण पुष्टि हुने गरेको छ । ‘अहिले प्रदेशमा परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको छ ’स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकाश देवकोटाले भने–‘पुस […]

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण दर

सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्न थालेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २२ गते यता प्रदेशमा निरन्तर संक्रमण दर उच्च छ । पुस २२ गते सुदूरपश्चिममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुस ३२ गते १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पुस २४ गते १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।  पुस २५ गते केही घटेको संक्रमण दर २६ गते देखि फेरी उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २५ गते ६२ जनामा कोरोना संक्र

बेलायतमा कोरोना संक्रमण दर उच्च

बेलायतमा केहि समययता दैनिक कोरोना संक्रमण दर निकै उच्च रहेको छ । यहाँ एक साताभित्र दुई लाख ४६ हजार भन्दा बढी संक्रमित भएका छन् । हाल दैनिक संक्रमण दर ३० हजार माथि रहँदै आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ३६ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।अघिल्लो दिन पनि संक्रमित संख्या ३४ हजारभन्दा बढी थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ७७ लाख ७१ हजार २९४ पुगेको छ । अघिल्लो साताको तुलनामा संक्रमण दर ११.३

कोरोना संक्रमण दर केही घट्दो (भिडियाेसहित)

प्रज्ञा तिमिल्सिना काठमाडौं । नेपालमा यही भदौ एक गते यता ४० हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमणको दोस्रो लहरसँगै बढेको संक्रमणको दर करिब ६ महिनापछि केही कम भएको हो । संक्रमण दर परीक्षणको तुलनामा १५ प्रतिशत भन्दा कम रहेको सरकारी तथ्याक छ । भदौ १० गते यताको १० दिनमा १७ हजार संक्रमित थपिएका […]

नेपालमा बिस्तारै घट्दैछ कोरोना संक्रमण दर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकअनुसार कोरोना संक्रमण दर घट्दै गएको छ। जेठ २२ गते झण्डै ३० प्रतिशत रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको छ। जेठ २९ गते २३ प्रतिशत रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ।पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम अझै कायम नै रहेको बताइएको छ।

नेपालमा बिस्तारै घट्दैछ कोरोना संक्रमण दर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकअनुसार कोरोना संक्रमण दर घट्दै गएको छ। जेठ २२ गते झण्डै ३० प्रतिशत रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको छ। जेठ २९ गते २३ प्रतिशत रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ।पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम अझै कायम नै रहेको बताइएको छ।