काठमाडौँ – निर्वाचनमा हुने खर्च अत्याधिक हुने गरेको भन्दै राजनीतिक दल, उम्मेद्वारहरुले चिन्ता व्यक्त गरिरहेको अवस्थामा आयोगले न्यून मात्रामा खर्चको सीमा निर्धारण गरेको छ। शुक्रबार निर्वाचन आयोगमा दलका प्रतिनिधिहरुलाई बोलाएर आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको सन्दर्भमा छलफल गरेको छ। छलफलमा आयोगले उम्मेद्वारहरुले औपचारिक रुपमा गर्न पाउने खर्चको सीमा निर्धाण गरेको छ। […]