दसैँको अवसरमा अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा गाउँ छाडेर अन्यत्र गएकाहरू गाउँ फर्किएका छन् । जसका कारण गाउँमा चहलपहल बढेको छ भने शहर/बजार सुनसान बनेका छन् ।
बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन् । विद्यालयमा विद्यार्थी घटिरहेका छन् […]
बागलुङ, मंसिर १९ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि बागलुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम भाषा’ पनि लोप हुने जोखिम बढेको छ । गाउँमा भएका बूढापाकाले मगर खाम भाषा नै बोल्ने गरे पनि अहिले बालबालिकाले कममात्रै बोल्छन् । युवायुवती सहरबजारमा बस्ने […]
बागलुङ- दसैँको टीकाको दिन नजिकिएसँगै अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा सहर झरेकाहरू धमाधम गाउँ फर्किरहेका छन् । बजारबाट गाउँ फर्कनको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । यतिबेला गाउँमा निकै चहलपहल बढेको छ भने बजार सुनासन बन्न थालेका छन् । बागलुङका ग्रामीण क्षेत्र दसैँ, तिहारबाहेक अन्य समय सुनसान नै हुन्छन् । स्थानीयवासीको बढ्दो सहर मोह […]
३२ साउन, ढोरपाटन। पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् । गाउँमा भएका बालबालिका पढ्नका लागि बजार आउन थालेका छन् । अहिले धेरैको रोजाइ विदेश र सहर/बजार पर्न थालेको छ । बागलुङको निसीखोला गाउँपालिका-५ कारिगाउँका धर्मराज पोखरेलले भने […]
ढोरपाटन- काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी। घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरिरहेकी छन्। अब गाउँमा मान्छे नै […]
डडेल्धुरा : नेपालीको महान पर्व दशैंले डडेल्धुराका मुख्य बजारहरू प्रायः सुनसान छन्। बजार क्षेत्रका बासिन्दा दशैं मनाउन आ–आफ्नो गाउँ गएपछि जिल्लाका प्रमुख बजार सुनसान भएका हुन्।जिल्ला सदरमुकामको मुख्य बागबजारसहित तुफानडाँडा, कीर्तिपुर, स्याउले, भात्काँडा, पोखरालगायत बजार सुनसान बनेका हुन्। दशैंअघि निकै चहलपहल हुने यी बजारका धेरैजसो पसलहरू बन्द हुँदा बजार क्षेत्र सुनसान देखिएका छन्।विद्यार्थी, कर्मचारी, व्यापारी, राजनीतिक दलका नेता कार्यकर्ता लगायतका कारण भीडभाड भैरहने यी बजार
दसैंको रौनकसँगै कालीकोटको सदरमुकाम मान्म बजार सुनसान भएको छ भने गाउँमा चहलपहल बढेको छ । बजारमा रहेका ब्यापारी, कर्मचारी, राजनैतिक दलका नेता कार्यकर्ता सबै घरतिर जान थालेको देखेपछि यहाँका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले भने, 'दसैंमा एक्लै भइएला जस्तो छ ।' उनकाअनुसार धेरैजसो कर्मचारी पनि दसैं बिदामा हिँडसके ।
पर्वत : रोजगारी, व्यवसाय, शिक्षा, स्वास्थ्य लगायतको सुविधाका कारण ग्रामीण क्षेत्रबाट बजारमा अस्थायी वा स्थायी रूपमा बसाइँसराइ गर्ने तीव्र छ। सुविधायुक्त ठाउँ सबैको रोजाइमा पर्दा प्रायः ग्रामीण क्षेत्रहरू सुनसान हुन्छन्, बजारमा चर्को चहलपहल।तर‚ बजारमा बस्दै आएकाहरू दशैं मान्नकै लागि भए पनि ग्रामीण क्षेत्रमा रहेका घर र आफन्तकोमा फर्किँदा सधैँ चहलपहल देखिने पर्वत सदरमुकाम कुश्मा बजार भने सुनसान बनेको छ। कोरोना महामारीको बेलामा विद्यालय बन्द हुँदा गाउँमा गएर बसेकाहरू गत भदौ एक गतेदेखि कुश्मा न
सोलुखुम्बु – कोरोना भाइरसको सङ्क्रमणका कारण सहर, बजार छाेड्नेकाे सङ्ख्या बढेसँगै सोलुखुम्बुका गाउँमा चहलपहल बढेको छ । रोजगार र अध्ययनका लागि गाउँ–घर छोडेर सहर, बजार गएकाहरू काेराेना कहरका कारण फेरि गाउँ फर्कन थालेका हुन् ।
यसअघि सुनसान देखिएको सोताङ क्षेत्रका गाउँमा चहलपहल बाक्लो भएको विक्रम दर्नालले बताउनुभयो । तराई तथा सहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाइ सरेकाहरू समेत गाउँमा भेटिन थालेका महाकुलुङ गाउँपालिका ५ का वडाध्यक्ष सञ्चराम कुलुङले बताउनुभयो । गाउँभन्दा बाहिर अध्ययन तथा रोजगारका ला...