सोलुखुम्बु – कोरोना भाइरसको सङ्क्रमणका कारण सहर, बजार छाेड्नेकाे सङ्ख्या बढेसँगै सोलुखुम्बुका गाउँमा चहलपहल बढेको छ । रोजगार र अध्ययनका लागि गाउँ–घर छोडेर सहर, बजार गएकाहरू काेराेना कहरका कारण फेरि गाउँ फर्कन थालेका हुन् ।
यसअघि सुनसान देखिएको सोताङ क्षेत्रका गाउँमा चहलपहल बाक्लो भएको विक्रम दर्नालले बताउनुभयो । तराई तथा सहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाइ सरेकाहरू समेत गाउँमा भेटिन थालेका महाकुलुङ गाउँपालिका ५ का वडाध्यक्ष सञ्चराम कुलुङले बताउनुभयो । गाउँभन्दा बाहिर अध्ययन तथा रोजगारका ला...