बाँदर मार्नका लागि कानूनी अवरोध भएको भन्दै स्थानीयहरूले कानून सुधारको माग गरेका छन् । नेपालभरि नै अहिले बाँदर आतंकका कारण किसानहरू मर्कामा परेका छन् । फसल जति बाँदरले खाइदिने हुनाले जमीन बाँझो राख्ने प्रवृत्तिसमेत देखापरेको छ । त्यसैले बाँदर नियन्त्रणका लागि बाँदर निर्यात गर्नेदेखि बाँदर धपाउन कर्मचारी राख्नेसम्मका कुरा आएका छन् । तर, यी कुनै उपायले काम गर्ने देखिँदैन ।
बाँदर नियन्त्रणका बारेमा संघीय संसद्देखि स्थानीय तहसम्म कुरा उठेको छ । यसको नियन्त्रणको कुरासँगै जोडिएर आउने कुरा हो, कसरी अहिले बाँदर आतंक बढ्यो त ? यसमा बाँदर विज्ञका अध्ययनले देखाउने विषय विशेष होला तर सामान्य अनुभवका आधारमा हेर्दा भने नेपालको बस्ती र खेतीपातीमा आएको परिवर्तन नै बाँदर आतंकको कारण हो । बाँदर वनजंगलमा नै रमाउने जनावर हो । विगतमा वनमा विभिन्न किसिमका फलफूलका रूख हुन्थे । वरलगायत फल लाग्ने रूख यत्रतत्र पाइन्थे । अर्थात् बाँदरलाई आहारको खोजी गर्न वनजंगल नै पर्याप्त थियो ।
तर, अहिले गाउँबस्ती खाली हुन छाडेसँगै धेरै खेतबारी जंगलमा परिणत हुन थालेको छ । यस्तो ठाउँमा फल लाग्ने बोट छैनन् । त्यस्तै गाउँबेँशी सबैतिर खेतीपाती हुन्थ्यो । ती ठाउँमा फाट्टफुट्ट बाँदर आउँथे । तिनलाई त्यहीँका आहाराले पुग्थ्यो । तर, अहिले यसरी खेती हुन छाडेको छ । कि त गाउँमा बस्ती बाक्लिएको छ, कि त बस्ती बेंशीतिर बाक्लिएको छ । यस्तोमा बाँदरले आहारा खोजीका लागि जहाँ बस्ती छ त्यहाँ जानु स्वाभाविक हो । त्यसैले बाँदर आतंक कम गर्ने हो भने पारिस्थितिक प्रणाली जोगाउन र त्यसैअनुसार अनुकूलन हुन आवश्यक देखिन्छ ।
बाघचितुवा भएका ठाउँमा बाँदर बस्दैन भन्ने मानिन्छ । जंगलमा बाघचितुवा पर्याप्त हुन त्यसको आहारा पनि हुन आवश्यक छ । अर्थात् पारिस्थितिक प्रणालीअनुसार हरेकको आहारा वनजंगलमा हुनु आवश्यक छ । अहिले जेजस्तो वनस्पति छन्, जीवजन्तु छन् तिनको सहअस्तित्व हुनुपर्छ । अर्थात् सबैले आआफ्नो आहारा पाउनुपर्छ । प्रकृतिको अनुकूलन हुन सकेमा यो समस्या समाधान हुन सक्छ । त्यसैले अहिले बाँदर नियन्त्रणका लागि जेजस्ता कुरा चर्चा भएका छन् तिनले दिगो समाधान दिँदैन । बाँदरलाई समाप्त पार्ने भन्ने हुँदैन । त्यसैले बाँदरसँगै अनुकूलन भएर मानिसको जीवनशैली अघि बढ्नुपर्छ । वनजंगलमा फल लाग्ने वनस्पतिको संख्या बढाउन सकियो भने बस्तीमा बाँदर आउने कारणै रहँदैन । यसो गर्न केही समय लाग्छ । तर, चाँडै फल लाग्ने वनस्पतिहरू वनजंगलमा हुर्काउन सकियो भने बाँदरलाई त्यहीँ रोक्न सकिन्छ । त्यसैले बाँदर मार्ने, धपाउने वा अन्य विकल्पका पछि लाग्नुभन्दा बाँदर बढ्नुको कारण पत्ता लगाएर त्यहीँबाट समाधान निकाल्नु बुद्धिमानी हुनेछ । यसमा बाँदरविज्ञको सल्लाहसमेत लिन सकिन्छ ।

नियन्त्रणका अनेक जुक्ति लगाउँदासमेत गाउँघरमा बाँदर आतंक किन ज्यूँको त्यूँ छ ? बाँदर धपाउन घरेलु उपाय रच्ने किसानदेखि, यन्त्र–उपकरण बनाउने वैज्ञानिक र अनुसन्धानकर्मीसम्मलाई यो प्रश्नले चिमोटिरहेको छ ।
जी-२० सम्मेलनमा साना बाँदर धपाउनका लागि दिल्लीका ठाउँठाउँमा लंगुरको बाँदरको पोस्टर टाँसिएको छ । ९ सेप्टेम्बरदेखि दिल्लीमा सुरु हुने सम्मेलनमा बाँदर आतंक हुन नदिनका लागि दिल्लीका ठाउँठाउँमा ठूला बाँदरको पोस्टर राखिएको हो । त्यहाँ लंगुरको आवाज निकाल्ने मानिसहरुलाई समेत खटाइने बताइएको छ दिल्लीमा बाँदरको संख्या निकै ठूलो छ । यी उपाय अवलम्बन गर्दा सम्मेलनभर बाँदरको […]
काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाँदर आतंक नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा उनले कि बाँदर निकासी गर्न कि मार्ने अनुमति दिन आग्रह गरेका हुन्।‘मैले एउटा समाचार पढेको थिएँ । श्रीलंकाले बाँदर चीनतिर निकासी गरेछ र बेचेछ।हाम्रो पनि आर्थिक संकट परिराखेको छ । केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस्।कि मार्ने अनुमति दिइयोस् ।’उनले भने।
पर्वत– पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतंक बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । जिल्लाको कुश्मा नगरपालिका-९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले बाँझै रहेको बताए। विगतमा मङ्सिर तेस्रो सातासम्म गहुँ […]
पर्वत : पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतंक बढ्दै गएको छ। यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ।
जिल्लाको कुश्मा नगरपालिका-९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले बाँझै रहेको बताए। विगतमा…
सोलुखुम्बु– बाँदर आतंकले सोलुखुम्बुका कृषक आजित बनेका छन् । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-८ रणेम क्षेत्रका सुन्तला, कोदो, धान बाली सखाप पारेसँगै कृषक आजित बनेका हुन् । आफूहरूले घाम पानी नभनी लगाएको बालीबाट उत्पादन लिने समयमा बाँदरले खाएर सखाप पारेको कृषक नीरकुमार राईको गुनासो छ । उब्जनी भएका अन्नबाली उठाउन नपाउँदै खान थालेपछि बाँदर धपाउन गोठालो […]
२१ कात्तिक, भोजपुर । भोजपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्रका सुदन किरातीले बाँदर आतंकलाई नियन्त्रण गर्ने र कृषक पेन्सनलाई जोड दिने घोषणा गरेका छन् । गाउँबस्तीमा हुने बाँदर आतंकलाई नियन्त्रण गर्न विशेष पहल गर्ने उनको घोषणा पत्रमा उल्लेख छ । पूर्व सांसद समेत रहेका किराँतीले संसदमा समेत बाँदर नियन्त्रणका लागि आवाज उठाएका थिए […]